• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

युरिक एसिड बाथ किन हुन्छ? लक्षण के हुन्?

64x64
नेपाल लाइभ शुक्रबार, चैत २, २०७४  ००:२०
1140x725

बाथरोग एक प्रकारको ‘अटोइम्युन डिजिज’ हो। अर्थात् शरीरको रोग निरोधक शक्तिले शरीरकै अंगलाई असर गर्दा बाथरोग हुने गर्छ। सामान्य अर्थमा भन्नुपर्दा बाथ एउटा दीर्घकालीन रोग हो। यो रोग लागिसकेपछि पूर्ण रुपमा निको हुन सम्भव छैन। तर, यसलाई समयमै पत्ता लगायौं र उपचार भयो भने धेरै समस्याबाट जोगिन सकिन्छ। कतिपय बाथ वंशाणुगत कारणले पनि हुन्छ। तर, बाथ सरूवा रोग भने होइन।

आममानिसमा बाथ भन्ने बित्तिकै ‘युरिक एसिड’ मात्र हो भन्ने भ्रम छ। युरिक एसिड बाथको एउटा प्रकार मात्र हो। जबकि बाथका सयभन्दा बढी प्रकार छन्। तर, बिरामीलाई बुझाउने हिसाबमा यसलाई मुख्य तीन भागमा बाँड्ने गरिन्छ। पहिलो, ‘ओस्टियो आरथाइटिस’ अर्थात् हड्डी तथा जोर्नी खिइने बाथ। दोस्रो, युरिक एसिड र तेस्रो, अटोइम्युन बाथ हो। आफ्नै शरीरले आफ्नै शरीरलाई नचिनेर बिगार गर्ने बाथलाई अटोइम्युन बाथ भनिन्छ। यसलाई हामी कडा रोगको बाथ पनि भनिन्छ।

ओस्टियो आरथाइटिस विशेषगरी उमेर बढ्दै जाँदा जोर्नी तथा हड्डी खिइँदा लाग्ने गर्छ। बढ्दो उमेरसँगै देखा पर्ने यो बाथ मोटा मानिसमा र महिलामा बढी देखिन्छ। उमेर बढ्दै जाँदा जोर्नीमा रहेको कुरकुरे हड्डी खिइएर नष्ट हुँदै जाँदा ओस्टियो आरथाइटिस हुन्छ। यस किसिमको बाथले घुँडा, गर्दन, कम्मरको मेरुदण्ड, खुट्टाको बुढी औंलाको फेद, हातका औंलाहरु तथा नितम्बको जोर्नीमा असर पार्छ। 

हड्डी खिइएर बाथरोग हुने भएका कारण यसमा हिँडडुल वा चलमल गर्दा घुँडा, औंलाहरु, नितम्ब, गर्दन र ढाड दुख्ने जस्ता लक्षण देखिन्छ। उमेर र मोटोपनासँगै शरीरमा पोषण तत्व, क्याल्सियम, भिटामिन ‘डी’को कमी तथा थाइराइडका कारणले पनि यो बाथ लाग्ने गर्छ। यस्तै, महिनावारी सुकेपछि हर्मोनको परिवर्तनका कारण पनि महिलामा ओस्टियो आरथाइटिस बढी हुने गर्छ। त्यसअघि पोषणको अभावका कारण पनि महिलामा यो बाथ देखिन्छ। 

युरिक एसिड बाथ भनेको रगतमा युरिक एसिडको मात्रा बढी भएर उत्पन्न हुने समस्या हो। युरिक एसिड शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो। रगतमा युरिक एसिडको मात्र बढ्दै जाँदा गोडाको बुढी औंला वरपर र (पछि अन्य भागमा पनि) जोर्नी दुख्छ। तर, आममानिसमा शरीरका कुनै हड्डी तथा ठुला जोर्नी दुख्यो भने पनि युरिक एसिड नै भयो भन्ने भ्रम छ। सबै जोर्नीका दुखाइ युरिक एसिड हुँदैनन्। यसको सुरुवात विशेषगरी बुढी औंला वरपरका जोर्नीबाट हुन्छ। त्यसपछि मात्र अन्यत्र बढ्ने हो। यसमा जोर्नीमा युरिक एसिडको मात्र जम्दै जाने हुन्छ र एक्कासी दुख्ने, सुन्निने, रातो हुँदै जाने हुन्छ। युरिक एसिडले एक्कासी लक्षण देखाउने भएकाले असाध्यै दुखाउँछ। यो रोग बढ्दै गएमा जोर्नी बिग्रिने, बांगिने, युरिक एसिडका डल्ला ठाउँठाउँमा जम्ने र मिर्गौलाको काम बिग्रने तथा मिर्गौलामा पत्थरी समेत हुन सक्छ। 

यसमा माछा, मासु, अन्डा, गेडागुडी, गोलभेंडाको गुदी, खुर्सानीको गुदी, पालुङ साग, च्याउ, कुरिलो, रातो मासु, दही, दूधजन्य पदार्थ खानु हुँदैन। साथै, मदिरा र धूमपान सेवन पनि गर्नु हुँदैन। दूध पिउने नै हो भने पनि तर काटेर मात्र पिउनुपर्छ। मुख बारेर र समयमा औषधि खाएर युरिक एसिड नियन्त्रण गर्न सकिन्छ।

अटोइम्युन बाथले चाहिँ आँखा, मुटु, मिर्गौला, छाला बिगार्नुका साथै जोर्नी र मांशपेशी समेत बिगार्ने काम गर्छ। यो बाथले कपाल पनि झार्ने गर्छ। समयमै उपचार नभए यी अंग बिगार्नुका साथै जोर्नी बांगिने, छालाका कारण मुख खोल्न नसक्ने जस्ता समस्या आउँछन्। यो बाथका सयभन्दा बढी प्रकार छन्। सबैको उपचार फरक छ। समयमै उचपार नहुँदा ज्यानै खतरामा पर्न सक्छ। यसलाई नियन्त्रण गर्न अहिले नयाँ–नयाँ इन्जेक्सन आएका छन्। यो बाथमा क्यान्सरका लागि चाहिने औषधि पनि चलाउनुपर्ने हुन्छ।

सामान्यतया सबै बाथको साझा लक्षण भनेको शरीरका जोर्नीहरु दुख्ने वा सुन्निने हो। त्यसपछि क्रमशः अन्य अंगमा असर हुने हो। बाथरोगको लक्षण बाथले असर गरेको अंग अनुसार फरक हुन्छ। लक्षण र कुन प्रकारको एन्टीबडी रगतमा देखिन्छ त्यसका आधारमा यो रोगको वर्गीकरण गरिन्छ। बाथरोग नियन्त्रणका लागि लक्षण एवं एन्टीबडीको संलग्नताका आधारमा मूल्यांकन गरी उपचार विधि अपनाइन्छ। ल्याब परीक्षण गरेर मात्र बाथरोग हो/होइन पत्ता लगाउन सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यी बाहेक नेपालमा प्यालोटोइड आरथाइटिस (गठिया बाथ), र्‍युमाटाइड आरथाइटिस, स्पोन्डिलो आरथाइटिस (ढाडको बाथ), लुपस, स्क्लेरोडर्मा (छाला बाक्लो हुने बाथ), जुभेनाइल आरथाइटिस (केटाकेटीमा हुने बाथ) जस्ता अन्य प्रकारका बाथ पनि देखिन्छ। 

प्यालोटोइड आरथाइटिस (गठिया बाथ) 

गठिया बाथले मुख्यतः हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ। गठिया बाथ पुरुषमा भन्दा महिलामा बढी देखिने गर्छ। महिलामा महिनावारी सुकेपछि र पाठेघर फालेपछि बाथरोग हुने सम्भावना बढी हुन्छ। सुरुमा ३० वर्षको उमेरदेखि यसको लक्षण देखिन्छ र ४० वर्ष काटेपछि बाथरोग लाग्ने सम्भावना बढी हुन्छ। 

र्‍युमाटाइड आरथाइटिस 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो वयस्क तथा बढ्दो उमेरमा देखिने र लामो समयसम्म रहिरहने कडा बाथ हो। यो पुरुषको तुलनामा महिलामा बढी देखिन्छ। रोगको सुरु अवस्थामा हातगोडाका जोर्नीहरु (हातगोडाका औंला, नाडी, कुहिनो, कुम, घुँडा र गोलीगाँठा) दुख्ने, सुन्निने र अह्ररो हुन्छ। जसले बिहानीपख धेरै सताउँछ भने दिउँसो घाममा सहज हुँदै जान्छ। रोग छिप्पिदै  गएपछि भने  हातगोडाका  जोर्नीहरु जाम  हुने, बांगिने, बिग्रिने र काम  नलाग्ने हुन्छन्। 

स्पोन्डिलो आरथाइटिस (ढाडको बाथ) 

ढाडको बाथ ढाडका जोर्नीहरु सुन्निएर हुने एक दीर्घ रोग हो र यसले फिलाभित्रको जोर्नी, ढाँड, गधर्न र कहिलेकाहीँ नितम्ब, कुम र हातगोडाका ठूला जोर्नीहरु दुख्ने, सुन्निने गराउँछ। यो बाथ प्रायः ४० वर्षको उमेरअघि नै सुरु हुन्छ र यसले पुरुषलाई बढी मात्रामा असर गर्छ। यसले एक तिहाइ  बिरामीका आँखामा असर गरी युमिटाइटिस (आँखा  दुख्ने रातो हुने, घाममा खेर्न गाह्रो हुने) गराउन सक्छ। धेरैजसो बिरामीमा यो बाथ हुनुमा ‘एचएलएबी ट्वान्टी सेभेन’ नामक वंशाणुको भूमिका हुन्छ। जसका कारण सन्तानमा पनि यो रोग जान सक्छ। 

लुपस 

यो विशेषगरी जवान उमेरका मानिस र महिलामा सुरु भई लामो समयसम्म रहने दीर्घ बाथरोग हो। यसमा अनुहार र शरीरका अन्य भागको छालामा दाग आउने, मुखमा  घाउ आउने, जोर्नी तथा मांसपेशी दुख्ने, सुन्निने र अह्ररो हुने, कपाल झर्ने, ज्वरो आउने लगायतका लक्षण देखिन्छ। यो रोग कडा भएमा मिर्गौला, मुटु, फोक्सो, रगत तथा स्नायु जस्ता महत्वपूर्ण अंगमा असर गरी ज्यानै जोखिममा पर्न सक्छ।

स्क्लेरोडर्मा (छाला बाक्लो हुने बाथ) 

बढ्दो उमेरमा देखिने यो बाथ महिलालाई बढी हुने गर्छ। यसमा हातगोडा र अनुहारको छाला बाक्लो हुने, दुख्ने, सुन्निने जस्ता लक्षण देखिन्छन्। चिसो पानी छुँदा हातगोडाका औंला क्रमशः सेतो, निलो र रातो हुने गर्छ। स्क्लेरोडर्माका कारण छालामा मात्र नभई रगतका नसा, फोक्सो, मिर्गौलामा असर गरी औंलामा घाउ आउने, छाती पोल्ने, दम बढ्ने र मिर्गौला फेल गराउनेसम्म हुन सक्छ। चिसोले रोग बढ्न सक्ने भएकाले यो रोगका बिरामीले बाक्लो पन्जा, मोजा लगाउनु आवश्यक छ। 

जुभेनाइल आरथाइटिस (बालबालिकामा हुने बाथ)

बालबालिकामा हुने बाथ मुख्य दुई किसिमका हुन्छन्। मुटुको बाथ ज्वरो (र्‍युमटिक फिभर ) र जुभेनाइल आरथाइटिस। जुभेनाइल आरथाइटिसमा बालबालिकाको हातगोडाका जोर्नी दुख्ने, सुन्निने, हिँडडुल गर्न नसक्ने, ज्वरो आउने, छालामा विभिन्न दाग आउने, आँखामा असर गर्ने जस्ता लक्षण भेटिन्छ। समयमै पहिचान गरी औषधि प्रयोग भएमा रोग बढ्न पाउँदैन र हातगोडाका जोर्नीहरु बिग्रन वा बांगिन पाउँदैनन्। 

नेपालमा कति छन् बाथरोगी?

नेपालमा बाथका कति बिरामी छन् भन्ने यकिन तथ्यांक छैन। तर, अस्पतालमा उपचारका लागि आएका बिरामीको अवस्थालाई हेर्दा हड्डी खिइएर हुने बाथ र युरिक एसिड बाथका बिरामी धेरै छन्। अमेरिकन कलेज अफ र्‍यामाटोलोजिस्टको तथ्यांक अनुसार कुल जनसंख्याको १० प्रतिशतलाई बाथरोग लाग्न सक्छ। यसलाई आधार मान्ने हो भने, नेपालमा करिब ३० लाखमा बाथरोग छ भन्ने अनुमान गर्न सकिन्छ।

बाथरोगका साझा लक्षण 

  • हातका औंलाहरु दुख्ने वा सुन्निने,
  • बिहान उठ्ने बेलामा हात–खुट्टा अह्ररो हुने, 
  • गोलीगाँठो दुख्ने वा सुन्निने, 
  • राती तथा बिहान ढाड दुख्ने वा अह्ररो हुने, 
  • पिँडौला दुख्ने वा करकर खाने, 
  • खुट्टाको औंला वरिपरि रातो भएर टेक्न नहुने, 
  • कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने, 
  • घुँडा सुन्निने वा दुख्ने, आदि।

कसरी पत्ता लगाउने बाथरोग?

बिरामीमा देखिने लक्षण र जोर्नीहरूको जाँच गर्ने बित्तिकै धेरैजसोको रोग पत्ता लाग्छ। कहिलेकाहीँ बाथरोग कति कडा छ वा कुन प्रकारको हो भन्ने बुझ्न रगत परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ। धेरै पुरानो रोग तथा औंलाहरू बांगो भइसकेपछि बाथको पहिचान गर्न गाह्रो पर्दैन। नेपालमा अलिअलि जोर्नी दुख्यो भने पेनकिलर खाने, युरिक एसिड भयो भनेर बस्ने चलन बढी देखिन्छ, यो एकदम गलत प्रवृति हो।

बाथरोगलाई बेवास्ता गर्यो‍ भने मृत्यु पनि हुन सक्छ। तर, बाथरोगलाई  समयमै उपचार गरेर निको बनाउन सकिन्छ। जटिल प्रकारको बाथरोग लाग्यो भने, यसको उपाचार एकदमै महँगो हुनुका साथै पूर्ण निको पार्न गाह्रो हुन्छ।

बाथरोगबाट बच्ने उपाय 

मेडिकल साइन्सले बाथरोग लाग्नै नदिने उपाउ अहिलेसम्म पत्ता लगाउन सकेको छैन। परिवारका कुनै सदस्यलाई बाथरोग भएमा अन्य सदस्य सतर्क हुनुपर्छ। डेढ महिनादेखि तीन महिनाभित्रमा बाथरोग भएको पत्ता लागेमा ‘सेकेन्डरी प्रिभेन्सन’ अपनाई जटिलतालाई रोक्नतिर लाग्नुपर्छ।

- डा दीपेश शाक्य / डा अविलासा साह

प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  ००:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्