• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गोपाल पराजुलीबाट भएका विवादास्पद १३ निर्णय

64x64
नेपाल लाइभ बिहीबार, चैत १, २०७४  २३:२५
1140x725

काठमाडौं– सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रुपमा स्थायी न्यायाधीश गोपाल पराजुलीको प्रवेश २०७४ साउन २ गते भयो। पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीले अवकाश पाउने समयमै महाअभियोग खेपेर सफाई पाए लगत्तै पराजुली सर्वोच्चको नेतृत्व सम्हाल्न आइपुगेका थिए। प्रधानन्यायाधीश हुनुअघि नै नागरिकतामा जन्ममिति सच्याएको आरोपमा विवादित बनेका उनी संसदीय सुनुवाई समितिको सामाना गर्दै अनुमोदन भएर सर्वोच्चको प्रधानन्यायाधीश भएका थिए।

अहिले त्यही जन्ममितिको विवादले प्रधानन्यायाधीश पराजुलीलाई सर्वोच्च छोड्नुपर्ने अवस्थामा ल्याइपुर्याएएको छ। न्याय परिषद्‌ले पराजुलीको जन्म मिति २००९ साउन २१ लाई नै मान्यता दिँदै गत साउन २१ देखि नै उनले अवकास पाइसकेको भनी बुधबार पत्र पठाएपछि उनी सर्वोच्च अदालत जान सकेनन्। वरिष्ठ न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिसकेका छन्। न्याय परिषद्‌को पत्रसँगै प्रधानन्यायाधीश पराजुली पदबाट राजीनामा दिएका छन्।

पराजुली नेतृत्वमा आएपछि सर्वोच्च अदालतले केही यस्ता मुद्दामा आदेश गरे जसले न्यायालयलाई विवाद र चर्चा दुवैमा ल्यायो। ती मध्ये केही मुद्दामा भएका निर्णयहरु यस्ता छन्।

१) काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन

त्रिभुवन विश्वविद्यालयले मापदण्ड नपुगेको भन्दै काठमाडौं घट्टेकुलोको एक अपार्टमेन्टमा रहेको काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिन नसकिने निर्णय गर्यो।

त्रिविको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश माग्दै नेशनल मेडिकल कलेजका सञ्चालक जैनुद्दिन अन्सारीले गत असोज ३१ मा सर्वोच्चमा रिट दायर गरे। उनको रिटमाथि सुनुवाइ गर्दै

कात्तिक ८ मा न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले सम्बन्धन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गर्यो।

मापदण्ड पूरा नगरेको उक्त कलेजलाई साउन १२ को त्रिवि कार्यकारी परिषदले सम्बन्धन नदिने निर्णय गरेको थियो। तर, शाहीको इजलासले उक्त रिटमा अन्सारीको तर्क मात्रै सुन्दै अन्तरिम आदेश जारी गर्‍यो। शिक्षा मन्त्रालय अन्तरिम आदेश खारेजीका लागि निवेदन नै बोकेर सर्वोच्च जान वाध्य भयो। तर उक्त मुद्दाको दोस्रो सुनुवाइ २ महिना बितिसक्दा समेत हुन सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

मेडिकल शिक्षाका विकृतिविरुद्ध लड्दै आएका डा केसीले सो सम्बन्धन फिर्ताको माग गर्दै १२औं अनसन बसेका थिए। त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सम्बन्धन खारेज गर्न त्रिविलाई निर्देशन दिएका थिए।

त्यससँगै त्रिविले आफ्ना कर्मचारीसहितको समिति बनाई कलेजको स्थलगत निरीक्षण गर्न पठाएको थियो। समितिले पनि मापदण्ड पूरा नगरेको रिपोर्ट दिएपछि कलेजको सम्बन्धन खारेज भएको थियो। तर, शाहीको इजलासले एकपक्षीय धारणा सुन्दै सम्बन्धन खोस्ने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी गर्यो। 

२) चूडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्ने आदेश 

कर फर्स्यौट आयोगमा सदस्य सचिव हुँदा अरबौं रकम छुट दिएर राजश्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले साउन २७ मा आदेश दिएको थियो। वर्षौंदेखि सर्वोच्चमा सयौं मुद्दा थन्केर बसे पनि शर्मा मात्र यस्ता भाग्यमानी सेवाग्राही भए जसको मुद्दामा एक महिना नै नपुगी अन्तिम फैसला भयो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०७४ साउन ५ मा शर्माकी पत्नी कल्पना शर्माले दर्ता गरेको मुद्दा साउन ८ मै पेशी चढेको थियो। उक्त मुद्दामा लगातार सुनुवाइ गर्दै सातौं पेशीमा पाँच जना न्यायाधीशको पूर्ण इजलाशले फैसला नै सुनायो। निवेदन दर्ता भएको २२ दिनमै शर्मालाई अख्तियारले थुनामा राख्ने अधिकार नभएको फैसला सुनाइएको थियो।

अख्तियारले ३ अर्ब धरौटी माग गरेका शर्मालाई बिना धरौटी साधारण तारेखमा रिहा गर्न सर्वोच्चले आदेश जारी गर्‍यो। शर्माले कर फर्स्यौट आयोगको सदस्य सचिव हुँदा १० अर्ब राजस्वमा नोक्सानी पुर्यामएको अख्तियारको दाबी थियो।

बाँकी मुद्दा विशेष अदालतले हेर्ने गरी उनलाई थुनामुक्त गर्न आदेश दिइएको हो। न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

३) ६ सय ३१ करोड लागूऔषध काण्डमा सरकारी वकिलको पक्षमा फैसला 

६ सय ३१ करोड बराबरको लागूऔषध कारोबारीका मुख्य अभियुक्तलाई उन्मुक्ति दिएको आरोप लागेका काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता टेकबहादुर घिमिरेलाई महान्यायाधिवक्ता रमण श्रेष्ठले व्यक्तिगत पहलमा मन्त्रिपरिषदबाट निलम्बन गराए। 

मुद्दा दर्ता गराउन पाउने अधिकारको दुरुपयोग गरी आर्थिक चलखेलका आधारमा  मुख्य अभियुक्त सहन्यायाधिवक्ता घिमिरेलाई उन्मुक्ति दिएको सरकारी वकिलको कार्यालयको अनुसन्धानमा देखिएको थियो। त्यसैले उनलाई थप अनुसन्धानका लागि निलम्बनमा राखिएको थियो। उक्त निर्णयलाई चुनौती दिँदै घिमिरे २०७३ चैत १६ मा सर्वोच्च अदालत पुगे। 

उक्त रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले निलम्बनको निर्णय कार्यान्वयन नगर्न र थप अनुसन्धान नगर्न आदेश जारी गर्यो। 

उक्त आदेशपछि उच्चस्तरीय छानबिन समिति अदालतको फैसला मिति कुरेर बस्यो। उक्त रिटमा २०७४ असोज २ मा न्यायाधीश दीपककुमार कार्की र पुरुषोत्तम घिमिरेको इजलाशले घिमिरेको पक्षमा फैसला सुनायो। मुख्य अभियुक्तलाई मुद्दा नचाउनु कानुन सम्मत भएको ठहर गरेपछि उक्त फैसला विवादमा आयो।

औषधि निर्माणका नाममा खरिद भएको ‘स्युडोइफिड्रिन’ नामक रसायन दुरुपयोग मुद्दामा काठमाडौंसहित तीन जिल्लाका सरकारी वकिलको भूमिका शंकास्पद देखिएको थियो। त्यसमध्ये पनि काठमाडौं सरकारी वकिल कार्यालयका घिमिरेले आरोपितलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता गरेका थिए। 

६ सय ३१ करोड रुपैयाँ बराबरको बिगो हुने मुद्दामा बिगो कायम नगरेको, प्रत्यक्ष संलग्न रहेका व्यक्ति बाहेकलाई मुद्दा दायर गरेको तथ्य सार्वजनिक भएपछि सहन्यायधिवक्ता घिमिरेमाथि अनुसन्धानका थालिएको थियो।  

सरकारी वकिलको कार्यालयले मुख्य आरोपित मधुसुदन अग्रवाल, आशिष अग्रवाल र अमित अग्रवाललाई विपक्षी नै नबनाई औषधि कम्पनीका कर्मचारीविरुद्ध मात्र लागूऔषध मुद्दा दर्ता गरेको थियो।

अनुसन्धानमा गृह मन्त्रालय र औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०६९/७० देखि २०७२/७३ सम्म २१ सय १० किलोग्राम ‘स्युडोइफिड्रिन’ खरिद गरेको पुष्टि भएको थियो। एसआर ड्रग कम्पनीले १६ सय ६२ किलो ८० ग्राम ‘स्युडोइफिड्रिन’ औषधि नबनाई अन्यत्र पठाएको भेटिको थियो। त्यस क्रममा रसायन औषधि निर्माणकै क्रममा खपत भएको देखाउन बिएमआर (ब्याच मेनुफेक्चरिङ रेकर्ड) समेत नक्कली बनाइएको अनुसन्धानमा देखिएको थियो। तर, सहन्यायाधिवक्ता घिमिरे सर्वोच्चबाट उन्मुक्ति पाएसँगै पुनः सरकारी वकिलको कार्यालयमा कार्यरत छन्। 

४) भरतपुर महानगरको १९ नम्बर वडामा पुनः निर्वाचनको फैसला 

भरतपुर उपमहानगरपालिकाको मेयरका लागि भएको निर्वाचनमा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि विवाद भयो। उक्त विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालत पुग्यो। 

जेठ २१ मा मतगणना हुनुपर्ने माग गर्दै सर्वोच्चमा सोही वडाका वडा सदस्य गुन्जमान विकले रिट दर्ता गरे। उक्त रिटमा फैसला सुनाउँदै सर्वोच्चले भरतपुर महानगरको वडा नम्बर १९ मा पुनः मतदान गर्न आदेश  दियो। झन्डै २ महिना लामो सुनुवाइपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मतपत्र च्यातिएको वडामा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्नेगरी मुद्दाको फैसला गरेको हो।

उक्त फैसलालाई त्यसबेलाको प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएको थियो। जेठ १४ राति भरतपुर–१९ को मतगणना हुँदाहुँदै माओवादी केन्द्रका प्रतिनिधिले केही मतपत्र च्यातेका थिए। त्यसपछि त्यहाँ पुनः मतदान गर्ने कि मतगणना अघि बढाउने भन्ने विवाद भएको थियो। निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो। मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेले आयोगलाई प्रतिवेदन पठाउँदै ‘मतगणनास्थल रणभूमितुल्य बनाइएको’ भनेका थिए। 

मतगणना अन्तिम चरणमा पुग्दा मतपत्र च्यातिएको थियो। कुल २९ वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकिइसकेको थियो। माओवादी केन्द्रका प्रतिनिधिहरुले १९ वडाका २८ सय ६८ मध्ये २२ सय मत गनिसकेपछि मतपत्र च्यातेका थिए। 

मतपत्र च्यातिनुअघि नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा अगाडि थिए। पुनः भएको निर्वाचनपछि दाहाल विजयी भइन्। 

५) उपेन्द्र महतोको कम्पनी सिनर्जी नेपालसँग कर नलिन आदेश 

एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको कम्पनी सिनर्जी नेपालले एनसेलको लाभकर छलेपछि ठूला करदाता कार्यालयले संशोधित कर निर्धारण गर्यो।

महतोको कम्पनी सिनर्जी नेपालले सेयर खरिद–बिक्रीमा लाभकर छल्ने उद्देश्यले बजार मूल्यभन्दा कम देखाई कर तिरेको खुलासा भएपछि पुनः कर निर्धारण भएको थियो। संशोधित कर नतिर्ने उद्देश्यले सर्वोच्च अदालतको ढोका ढकढक्याएका महतोको पक्षमा पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी भयो। 

एनसेल कम्पनीकै कर छलीबाट उन्मुक्ति पाउनका लागि ट्रायल गरिएको मुद्दामा सर्वोच्चको एकल इजलाशले अन्तरिम आदेश दियो।

०६८ चैत ०७ मा महतोले सिनर्जी कम्पनी मार्फत कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले नयाँ कर निर्धारण गरेपछि उनी ०७४ असोज २ मा रिट लिएर सर्वोच्च पुगेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको एकल इजलासले असोज ४ मा निवेदनको टुंगो नलागेसम्म कर निर्धारण गर्ने कार्य नगर्न/नगराउन अन्तरिम आदेश दिएको हो।

सर्वोच्चको यो आदेशपछि २० अर्ब लाभकर गुमेको छ। ठूला करदाता कार्यालयले आफ्नो नाममा रहेको सेयर निरजगोविन्द श्रेष्ठलाई बिक्री गर्दासम्मको लाभकर आयकर ऐन, ०५८ को दफा १९ बमोजिम स्वयं कर निर्धारण गर्न पाउने अधिकारलाई प्रयोग गर्दा २ लाख कित्ता सेयरमा महतोले चलखेल गरेका थिए। १६ हजार ५ सय ८४ प्रतिकित्ता बजार मूल्य भएकोमा आफूखुसी प्रतिसेयर १ हजार मात्र देखाई बिक्री गरेर १५ प्रतिशत लाभकर करदाताको कार्यालयमा उनले बुझाएका थिए।

६) निरजगोविन्द श्रेष्ठको मुद्दामा कर छुट दिने आदेश 

उपेन्द्र महतोको कम्पनीमा अन्तरिम आदेश जारी भए लगत्तै सोही कम्पनीले बिक्री गरेको २० प्रतिशत सेयरका मालिक निरजगोविन्द श्रेष्ठ सर्वोच्च अदालत पुगे।

एनसेलको सेयर बिक्रीमा श्रेष्ठसँग निर्धारण भएको कर असुल नगर्न कात्तिक ५ मा न्यायाधीश ओमप्रकाश मिश्र र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले ठूला करदाता कार्यालय हरिहर भवनको नाममा अन्तरिम आदेश जारी गर्‍यो।

महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको बेरुजुमा ब्याज र हर्जाना जोड्दा श्रेष्ठको दायित्व ६ अर्ब १५ करोड रुपैयाँभन्दा माथि देखिएको थियो।

७) एनसेलको लाभकर लैजान दिने आदेश

महतोको सिनर्जी र निरज गोविन्दको एनसेलपछि अर्को कम्पनी रिनोल्ड होल्डिङ्स पनि सर्वोच्च अदालत पुग्यो। यो मुद्दामा सुनुवाई गर्र्दै पुस १० मा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत सेयर खरिदमा लाभकर नतिरे पनि लाभांश विदेश लैजान पाउने आदेश सुनायो।

सरकारलाई तिर्नुपर्ने करको दायित्व चुक्ता नभएसम्म लाभांश फिर्ता लैजान नमिल्ने भन्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले ०७४ असार २६ मा रकम विदेश लैजान रोक लगाएको थियो। एनसेलको ८० प्रतिशत सेयर टेलियासोनेराले एक्जियटालाई १ खर्ब ४० अर्ब रुपैयाँमा बिक्री गरेको थियो। त्यसको लाभकर असुल भए राज्यकोषमा करिब ६५ अर्ब थपिने थियो।

सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले ०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो। राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका सेयर होल्डर कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन ०७४ असार २६ मा पत्र लेखेको थियो। 

८) सूर्य नेपाललाई कर छुट दिने आदेश 

एनसेलसँग सम्बन्धित कम्पनी पछि ठूला करदाता कार्यालयले कर छलेको पाइएको भन्दै सूर्य नेपाललाई थप कर तिराउने निर्णय गरेको थियो। सर्वोच्चबाट उक्त निर्णयमा पनि रोक लगाउने आदेश भएको छ। कर्मचारीलाई बोनस वितरणका लागि भन्दै कर लाग्ने रकम लुकाएको सूर्य नेपालको पक्षमा पुस १२ मा न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले थप कर नलिन अन्तरिम आदेश जारी गरेको हो।

कल्याणकारी कोषमा राजश्व लाग्ने २५ करोड १४ लाख ४० हजार ५ सय ९४ रुपैयाँ लुकाएको भन्दै ठूला करदाताको कार्यालयले ०७४ भदौ ८ मा संशोधित कर निर्धारण गरेको थियो। उक्त निर्णयविरुद्ध सूर्य नेपालका तर्फबाट ९ पुसमा सर्वोच्चमा रिट दर्ता गरिएको थियो। ठूला करदाताको पत्रपछि आन्तरिक राजस्व विभागले समेत सूर्य नेपाललाई राजस्व लाग्ने नाफाको रकम लुकाएको भन्दै कर, ब्याज र जरिवाना तिर्न पत्र पठाएको थियो।

९) सोल्टी होटलले क्यासिनोको रोयल्टी तिर्नु नपर्ने फैसला 

सोल्टी होटल र नेपाल रिक्रिएसन सेन्टरबीच रोयल्टी कर कसले तिर्ने विवाद १२ वर्षपछि टुंग्याउँदै सर्वोच्च अदालतले होटलको पक्षमा फैसला सुनाएको थियो।

पाँचतारे होटलमा क्यासिनो सञ्चालन गर्दै आएको रिक्रिएसन कम्पनीले नै नाफा आर्जन गरेकाले उसैले रोयल्टी तिर्नुपर्ने ठहर गर्दै उसले दायर गरेको रिट खारेज गर्ने फैसला सुनाएको थियो। ०६२ सालदेखि चलेको क्यासिनो सञ्चालनको रोयल्टी विवाद सम्बन्धी मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले रिक्रिएसनले कर तिर्नुपर्ने फैसला सुनाएको हो।

०५० सालमा काठमाडौं र पोखराका पाँचतारे होटलमा रिक्रिएसन सेन्टरले क्यासिनो सञ्चालनको अनुमति लिएको थियो। ०५० माघ १ मा मन्त्रिपरिषदले रिक्रिएसनलाई देशभरका पाँचतारे होटलमा क्यासिनो सञ्चालनको अनुमति दिएको थियो। त्यसमध्ये पोखराको फूलबारी रिसोर्टको कर नतिरेपछि पर्यटन मन्त्रालयले ०६५ सालमै सम्झौता खारेज गरेको थियो। 

१०) भन्सारका उपसचिव र नासुलाई सफाइ दिने फैसला 

गत पुस २८ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका उपसचिव र नायव सुब्बालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसला भयो। 

अख्तियारले एकै रातमा छापा मार्दै भन्सारका २२ कर्मचारीलाई पक्राउ गरी अकूत सम्पत्ति आर्जन गरेको मुद्दा दर्ता गरेको थियो। ती मध्येका भन्सारमा कार्यरत उपसचिव माधवराज पोखरेल र नायव सुब्वा दुर्गाबहादुर कार्कीको काठमाडौमा मात्र २ वटा घर र घडेरी अवैध भएको पाइएको थियो। कार्कीले विभिन्न आफन्तको नाममा ४ वाट घर खरिद गरेको अख्तियारको दाबी थियो।

पोखरेललाई न्यायाधीशद्वय दीपकराज जोशी र दीपककुमार कार्कीको इजलासले तथा नासु कार्कीलाई न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको इजलासले सफाइ दिएको हो।
०५८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले आफ्नै सक्रियतामा भन्सारका २२ कर्मचारी विरुद्ध मध्यरातमा छापामार मारी पक्राउ गरेका थिए। वर्षौंसम्म भन्सारमा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गर्दै आफन्तको नाममा लुकाएको दाबी गर्दै अख्तियारले उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उपसचिव पोखरेलले १ करोड ४३ लाख रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबी अख्तियारले गरेको थियो। त्यस्तै, नासु कार्कीले १ करोड ७ लाख ५७ हजार सम्पत्तिको स्रोत खुलाउन नसकेको दाबी अख्तियारको थियो।

११) डा शशि शर्मालाई ४ दिनका लागि पुनर्वहाली गर्ने फैसला 

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगन्जको डिनबाट बर्खास्तीमा परेका डा शशि शर्मालाई ४ वर्षपछि ४ दिनका लागि पुनर्वहाली हुनेगरी सर्वोच्च अदालतबाट फैसला आएको छ। 

प्रधान्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलाशले शर्माको पक्षमा आइतबार फैसला सुनाएको हो। शर्मालाई सरकारले गत वर्ष माघ ८ मा डिनबाट बर्खास्त गरेको थियो। उक्त निर्णयलाई चुनौती दिँदै शर्मा २०७० फागुन १ मा सर्वोच्च पुगेका थिए। अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले निर्देशन दिएको २४ घन्टापछि त्रिवि कार्यकारी परिषदले डिन शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

फैसलामा बहालवाला डिन जगदीशप्रसाद अग्रवालको नियुक्ति गैरकानुनी भएको ठहर गर्न नमिल्ने पनि उल्लेख छ। त्यसैले अब ५ दिनका लागि भए पनि एकै पटक दुई जना डिन आइयोएममा रहने भएका छन्।  

१२) ज्वाइँलाई प्रधानन्यायाधीश बनाउनेगरी उच्च अदालतमा सिफरिस 

प्रधान्यायाधीश तथा न्यायपरिषदका अध्यक्ष गोपाल पराजुलीले आफ्नै अध्यक्षतामा बसेको पुस २० को परिषद बैठकबाट ज्वाइँ नकुल सुवेदीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन सक्ने मर्यादा कायम गर्दै उच्च अदालतको मुख्य न्यायाधीश सिफारिस गरेका छन्।

आफू प्रधानन्यायाधीश भएलगत्तै पराजुलीले सुवेदीलाई न्याय परिषदको सचिवबाट सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार नियुक्त गरेका थिए। पराजुलीको कृपाकै कारण सुवेदी एक वर्षमै सचिव, मुख्य रजिस्ट्रार र उच्च अदालतको मुख्य न्यायाधीशमा बढुवा हुन सफल भए। 

परिषद् बैठकले उच्च अदालतको बरियाताक्रममा माथिल्लो क्रममा रहेका उदय चापागाईं, यज्ञप्रसाद बस्याल र हरिकुमार पोखरेललाई नियुक्त गरेको थियो। रिक्त ४ उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्तिका लागि चौथो क्रममा शुष्मालता माथेमा थिइन्। एकमात्र महिला उम्मेदवार माथेमा भने सुवेदीकै नियुक्तिका कारण मुख्य न्यायाधीशमा अटाइनन्।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तका लागि संविधानले तोकेको योग्यता पुगेपछि स्थायी न्यायाधीशका रुपमा सर्वोच्च भित्रिएमा सुवेदी हालसम्मकै लामो करिब ६ वर्ष प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने देखिन्छन्। हालसम्म सपना प्रधान मल्ल ४ वर्ष सर्वोच्चको नेतृत्व सम्हाल्ने सूचिमा छन्।

१३. कान्तिपुर दैनिक र डा केसीको अवहेलना मुद्दा आफ्नै इजलाशमा राख्ने निर्णय

अनसरनरत डा गोविन्द केसीले आफू विरुद्ध वक्तव्य जारी गरी गालीगलौच गरेको र अनशन थालेको भन्दै पुस २४ मा पराजुलीले सर्वोच्च अदालत प्रशासनबाट टिप्पणी उठाएर अवहेलना मुद्दा निर्माण गरी २४ घन्टाभित्र पक्राउ गरी अदालतमा पेश गर्ने आदेश गराए। एकल इजलाशबाट अवहेलना मुद्दामा पहिलो पटक प्रहरीलाई आरोपित व्यक्ति पक्राउ गर्ने आदेश जारी भएको थियो।

पराजुलीको उक्त आदेशपछि अनशनस्थल त्रिवि शिक्षण अस्पताल परिसरबाट डा केसीलाई पुस २४ मा प्रहरीले पक्राउ गरेर २६ गते सर्वोच्च अदालतमा पेश गरेको थियो। उक्त मुद्दामा संयुक्त इजलाशबाट डा केसी धरौटीमा रिहा भएका थिए।

यसैगरी, कान्तिपुर दैनिक विरुद्ध फागुन ९ मा प्रधानन्यायाधीश पराजुलीको नागरिकता विषयमा विवादास्पद समाचार लेखेको भन्दै अवहेलना मुद्दा दायर भयो। अधिवक्ता तोयानाथ ढुङ्गानाले दायर गरेको उक्त मुद्दामा पेशी तोक्ने जिम्मेवारी पाएका प्रधानन्यायाधीश पराजुलीले न्यायाधीश आचारसंहिता विपरीत आफ्नै इजलाशमा राखेर सुनुवाई गर्दै आदेश जारी गरे।

लगत्तै कान्तिपुर र डा केसीको मुद्दा सात जना न्यायाधीशको पूर्ण इजलाशमा राख्दै आफ्नै नेतृत्वमा सुनुवाई थाले। नेपालको न्यायिक इतिहासमा आफ्नो विषयमा उठेको विवादमा न्यायाधीश आफैंले मुद्दा हेरेको यो पहिलो पटक थियो। तर, उक्त मुद्दाले फैसला हुन पाएन।

प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  २३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्