एजेन्सी– बलिउड अभिनेता नरेन्द्र झाको निधन भएको छ। ५५ वर्षको उमेरमा उनकाे हृदयाघातका कारण निधन भएको हाे।
यसअघि पनि २ पटकसम्म उनमा मुटुको समस्या देखापेरको थियो। तेस्रो पटकको हृदयाघातको भने उनले सामना गर्न सकेनन्। बलिउड फिल्म हमारी अधुरी कहानी, रइस, काबिल, कालाकण्डी, घायल वन्स अगेन, हैदर, फोर्स २ लगायतक थुपै फिल्ममा अभिनय गरिसकेका नरेन्द्रले उतिकै टेलिभिजन शो समेत सञ्चालन गरेका थिए। उनी सलमान खान अभिनित फिल्म रेस ३ तथा प्रभास अभिनित साहोको स्क्रिनमा समेत देखिँदै थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।