• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पृथ्वीको विकल्प खोज्ने वैज्ञानिक हकिङ : के हुन्, के होइनन्?

64x64
नेपाल लाइभ बुधबार, फागुन ३०, २०७४  १३:००
1140x725

अल्बर्ट आइन्सटाइनपछिका महान् वैज्ञानिक मानिने स्टेफेन हकिङ अद्भूत जीवन बाँचेर धेरैलाई आश्चर्यमा पार्दै ७६ वर्षको उमेरमा बुधबार बिदा भए। 

सन् १९६३ मा २१ वर्षकै उमेरमा उनलाई 'मोटोर न्युरोन' नामक जटिल रोग लागेको थियो। उपचारमा संलग्न चिकित्सकहरुले उनलाई बढीमा २ वर्ष बाँच्ने अनुमान गरेका थिए। तर, अद्भुत दिमाग भएका हकिङले चिकित्सा विज्ञानलाई नै चुनौती दिए। उनले आधा शताब्दीभन्दा बढी बाँचेर विकलांग शरीर कुन हदसम्म आइकनको रुपमा बाँच्न सक्छ भन्ने उदाहरण बने। 

'मोटोर न्युरोन' लागेपछि हकिङ बिस्तारै विकलांग हुँदै गए। तर, उनमा सो रोग सामान्यभन्दा धेरै सुस्त मात्रामा फैलिएको थियो। मोटोर न्युरोन लागेकै कारण उनले प्रसिद्धि प्राप्त गरेको भन्नेहरु पनि नभएका होइनन्। तर, लगातारको मिहिनेतले नै उनले आफ्नो वैज्ञानिक अनुसन्धान पूर्ण बनाउन सफलता पाए। 

अक्सफोर्ड विश्वविद्यालयमा स्नातक पढ्दा ३ वर्षीय कोर्समा आफू १ हजार घन्टा मात्रै उपस्थित भएको उनले एक समय अनुमान गरेका थिए। 

‘आफ्ना सीमाहरु स्वीकार गरेर वा कुनै प्रयासबिना पनि तपाईं प्रतिभाशाली हुन सक्नुहुन्छ’, आत्मकथाको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ मा हकिङले लेखेका छन्।

 

स्नातक तहको अन्तिम नतिजामा हकिङ पहिलो र दोस्रो श्रेणीको ठीक बीचमा रहँदै उत्तीर्ण भएका थिए। 

क्याम्ब्रिजमा उनलाई एक भिन्न विद्यार्थीको रुपमा हेरिएको मान्न सकिन्छ। उनले आफ्ना मौखिक परीक्षा लिने शिक्षकलाई यदि आफूलाई परीक्षामा पहिलो बनाइयो भने पिएचडी गर्न अक्सफोर्ड छाडेर क्याम्ब्रिज विश्वविद्यालय जाने बताएका थिए। हरेक परीक्षामा अब्बल रहँदै आएका हकिङलाई त्यो प्रकरणपछि भने दोस्रो बनाउँदै अर्कै विद्यार्थीलाई पहिलो बनाउन अक्सफोर्ड बाध्य भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

मृत्युको छायामा आनन्दित जीवन, पार्टीमा ह्विलचेयर नृत्य !

हकिङ जतिबेला उपचारका लागि अस्पताल भर्ना भएका थिए, उनले ल्युकेमियाबाट पीडित एक युवकको मृत्यु भएको नजिकबाट नियाल्न पाए। त्यसपछि उनलाई लाग्यो, धेरै समय सहज ढंगबाट बाँच्नुभन्दा पनि जो व्यक्ति मृत्युको छायामा लामो समयसम्म रहिरहन्छ, त्यो नै उत्तम हो। 

‘यद्यपि मेरो भविष्यप्रति कालो बादल मडारिएको थियो, पहिलेको तुलनामा मैले जीवनको बढी आनन्द लिइरहेको छु भनेर अचम्म लाग्यो। त्यसपछि आफ्नो अनुसन्धान तथा खोजमा प्रगति गर्दै गएँ’, हकिङले एक अन्तर्वार्तामा भनेका थिए। 

करिअरले सकारात्मक दिशा समात्न थालेपछि उनले आफ्नो लक्ष्यलाई एकत्रित गर्ने घोषणा नै गरे। सो घोषणामा भनिएको छ– 'मेरो लक्ष्य सामान्य छ। यो ब्रह्माण्डलाई सम्पूर्ण रुपमा बुझ्ने प्रयास हो, जसमा यो ब्रह्माण्ड हालको जस्तो अवस्थामा किन छ र किन अझै कायम छ भन्ने विषय समेटिनेछ।’   

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले रोगका कारण सन् १९६० को दशकदेखि नै बैसाखी प्रयोग गर्न थालेका थिए। ह्विलचेयर प्रयोगका लागि भने उनले लामै लडाइँ लड्नुपर्‍यो। ह्विलचियर पाएपछि उनी क्याम्ब्रिज विश्वविद्यालयको सडकमा खराब ड्राइभिङका लागि 'कुख्यात' भए। छात्राहरुको औंलामाथि ह्विलचेयर गुडाएको तथा कलेजमा भएका पार्टीहरुमा ह्विलचेयर नाच देखाएको भनेर उनी परिचित भए। 

ब्ल्याक होलको तथ्य र अनुसन्धानमा विमति

हकिङले अनुसन्धानका क्रममा पहिलो सफलता सन् १९७० मा प्राप्त गरे। उनले अर्का अनुसन्धानकर्ता रोजर पेनरोजसँग मिलेर ब्रह्माण्डमा ‘ब्ल्याक होल’को अंकगणितलाई लागू गराउन सफल भए।

सो अनुसन्धानमा अन्तरिक्षमा भएको एक ‘इन्फाइनाइट कर्भेचर’ क्षेत्र पृथ्वीको विगतसँग जोडिएको उल्लेख छ। सोही बिन्दुबाटै ‘बिग ब्याङ थ्यौरी’ प्रकाशमा आउन सक्यो। 

हकिङसँग अनुसन्धानमा सहकार्य गरेका पेनरोज सम्झिन्छन्, ‘हकिङले सोचेका थिए, उनी लामो समय बाँच्दैनन्। त्यसैले त्यसबेला उनी बढीभन्दा बढी प्राप्त गर्न तल्लीन देखिन्थे।’

बहसहरुमा हकिङ उत्तेजक र कुद्ध मुद्रामा प्रस्तुत हुन्थे। एक रात्रि सम्मेलनको स्मरण गर्दै पेनरोजले भने, ‘हकिङले सो भेलामा एक विवादास्पद वाक्य बोले र बाहिरिए। उनले पेनरोज हातको सहायताबाट हावामा तैरिएका छन् भन्ने बताए।'

मलिन अनुहार बनाउँदै पेनरोज भन्छन्, ‘त्यो सबै एक प्राविधिक विषय थियो र हकिङले केही समयको अन्तरालमा ब्ल्याक होल नै ह्वाइट होलमा परिवर्तन हुने बताए। त्यो कुरा मैले सोचेकोभन्दा धेरै भिन्न थियो। त्यसपछि लामो समय हामीबीच फरक मत रह्यो।’

१९७४ मा क्वान्टम थ्यौरीमार्फत ब्ल्याक होलबाट तापक्रमको पनि उत्सर्जन हुने र आफ्नो अस्तित्वबाट बाहिर निस्कनुपर्ने तथ्य बाहिर आएपछि पनि ब्ल्याक होलमाथि हकिङको खोज निरन्तर जारी रह्यो। तर, सामान्य ब्ल्याक होलमाथि भने यो तथ्य लागू हुन लामो समय लाग्ने कुरा प्रकाशमा आयो। जसले पृथ्वीको उत्पत्तिभन्दा पनि लामो समय लिने बताइयो। 

तर, त्यसको अस्तित्व समाप्त हुनुअघि मिनी ब्ल्याक होलले उच्च दरमा तापक्रम उत्सर्जन गर्नसक्ने तथ्य बाहिर आयो। जसको क्षमता एक मेगाटन तौल भएका १० लाख वटा हाइड्रोजन बम बराबरको हुन्छ। 

सानो ब्ल्याकहोलले पनि पृथ्वीमा प्वाल पारिदिने बताएका हकिङले भनेका थिए, ‘त्यस्ता ब्ल्याक होलहरु बिलियन टनभन्दा बढी गह्रुंगो हुनेछ, तर प्रोटोनभन्दा ठूलो हुनेछैन।’

ब्ल्याक होलले तापक्रम उत्सर्जन गर्छ भन्ने हकिङको तथ्य आधुनिक ब्रह्माण्ड विज्ञानमा निकै बहसको विषय बन्यो। 

हकिङका एक पूर्वविद्यार्थी तथा साउथ ह्याम्पटन विश्वविद्यालयकी प्रोफेसर मारिका टेलरले हकिङले आफ्ना खोज तथा अनुसन्धानबारे आफ्ना विद्यार्थीका माझमा खुलाउने गरेको बताइन्। 

‘नयाँ तथ्यहरु पत्ता लगाउने बित्तिकै उहाँले त्यसबारे हामीसँग छलफल गरेर राय समेत बुझ्ने गर्नुहुन्थ्यो’, उनले भनिन्। 

कम उमेरमै ठूलो उपलब्धि

ब्रह्माण्डसम्बन्धी तथ्यहरु सार्वजनिक गरेका हकिङ सन् १९७४ मै शाही समाजको सदस्य बन्न पुगे, जतिबेला उनको उमेर ३२ वर्षको थियो। त्यसको ५ वर्षपछि उनी क्याम्ब्रिज विश्वविद्यालयको म्याथम्याटिक्सका मुख्य प्रोफेसर चयन भए। ‘लुकासियन प्रोफेसर’को नामले चिनिने सो पदलाई बेलायतभरि उच्च सम्मानका साथ हेरिन्छ।

आइज्याक न्युटन, चार्ल्स बाबेज तथा पौल डिराक जस्ता विश्वविख्यात हस्तीहरु आसीन भइसकेको सो पदमा क्वान्टम मेकानिक्सका पिता हकिङलाई चयन गरिएकोप्रति उनी आफैं पनि सन्तुष्ट रहेको बताइन्छ। सो पदमा रहेर उनले ३० वर्ष काम गरे। त्यसपछि उनले क्याम्ब्रिजकै 'सेन्टर अफ थ्यौरिटिकल कस्मोलोजी'को अनुसन्धान निर्देशकको कार्यभार सम्हाले। 

ब्रह्माण्डसम्बन्धी विविध खोज तथा अनुसन्धान सन् १९८० को दशकमा पनि निरन्तर जारी रह्यो। 

उनले सन् १९८२ पदार्थहरुको उतारचढावबारे पहिलो पटक नयाँ तथ्य बाहिर ल्याए। ब्रह्माण्डमा आकाशगंगाहरुको प्रसारका लागि पदार्थहरुको वितरणमा आउने छोटो बदलाव नै प्रमुख रहने उनले पत्ता लगाए। अनुसन्धानको निष्कर्ष अनुसार, यही छोटो बदलावमा नै विभिन्न ग्रह, ताराको उत्पत्ति हुनुका साथै आकाशीय पिण्डहरुमा जीवनको सम्भावना रहन्छ। यसलाई वैज्ञानिक उपलब्धिको इतिहासमा निकै महत्वपूर्ण मानिन्छ। 

विश्वचर्चित पुस्तकका लेखक

वैज्ञानिक खोजका साथै हकिङ लेखकका रुपमा पनि विश्वप्रसिद्ध बने। सन् १९८८ मा उनले लेखेको आत्मकथा ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ अहिले पनि संसारभर पाठकको खोजीमा पर्ने पुस्तकका रुपमा चिनिन्छ।

सो पुस्तक बेलायतको सन्डे टाइम्समा लगातार २ सय ३७ सातासम्म बेस्ट सेलरको रुपमा रहँदै 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड'मा सूचीकृत बन्न पुग्यो। पुस्तक हालसम्म १ करोडभन्दा बढी प्रति बिक्री भएको छ भने विश्वका ४० भन्दा बढी भाषामा प्रकाशन भएको छ। यसको केही श्रेय पुस्तकका सम्पादक पेटर गुज्वार्डीलाई पनि जान्छ, जसले पुस्तकको यसअघिको शीर्षक ‘फ्रम दि बिग ब्यांग टु ब्ल्याक होल्सः अ सर्ट हिस्ट्री अफ टाइम’ मा ‘सर्ट’को ठाउँमा ‘ब्रिफ’ राखिदिएका थिए। 

खलबलिएको निजी जीवन

हकिङले सन् १९६५ मा आफ्नै कलेजकी साथी जेन वाइल्डसँग विवाह गरेका थिए। विवाहको २ वर्षपछि उनको रोगको निदान भएको थियो। 

हकिङसँग विवाह गर्नुअघि जेनका साथीहरुले ‘एउटा पागल र पागलको परिवारसँग जीवन कसरी बिताउन सक्छेस्?' भनेर प्रश्न गरेका थिए।  जेनले सन् २०१३ मा प्रकाशन गरेको पुस्तक ‘ट्राभलिङ टु इन्फिनिटीः माई लाइफ विथ स्टेफेन’ मा छन्,‘२१ वर्षको मेरो निर्दोष छविलाई पक्कै स्टेफेनले प्रशंसा गर्नेछन् भन्ने विश्वास थियो।’

सन् १९८५ मा घुम्न जाने क्रममा हकिङलाई संक्रमण भएपछि अस्पताल भर्ना गरियो। उनी धेरै बिरामी परे। उपचारका क्रममा डाक्टरले उनको जीवनसँग सम्झौता पनि गर्न सक्नुपर्छ भनेपछि जेनले हकिङलाई क्याम्ब्रिजस्थित एडेनवर्क अस्पताल ल्याएर भर्ना गरिन्। अपरेसनपछि उनी बाँच्न सफल त भए, तर आवाज भने सदाका लागि गुम्यो।

अन्ततः ३ सन्तान (रोर्वट, लुसी र टिमोथी) भएका यो जोडी सन् १९९१ मा सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुग्यो। हकिङको असक्षमता बढ्दै जानु, जेनबाट हकिङले धेरै अपेक्षा गर्नु, आफ्नो रोगबारे हकिङले खुलाउन नचाहनु लगायतका कारणले उनीहरुको सम्बन्ध टुटेको बताइन्छ। सम्बन्ध विच्छेदपछि जेनले हकिङलाई ‘ठूलो अहंकार भएका एक बालक’को संज्ञा दिएकी थिइन्। 

त्यसको ४ वर्षपछि हकिङले नर्स इलेइन मसोनसँग विवाह गरे। मसोन डेभिड मसोनकी पूर्वपत्नी थिइन्, जसले हकिङले प्रयोगमा ल्याएको ह्विलचेयरको डिजाइन गरेका थिए। 

दोस्रो वैवाहिक सम्बन्धको ११ वर्षपछि हकिङमाथि थुप्रै दुर्व्यवहार भएको प्रहरीले पुष्टि गर्‍यो। तर, उनले श्रीमती मसोनमाथि अनुसन्धान गर्न प्रहरीलाई नसघाउने निर्णय गरे। त्यसपछि प्रहरीले पनि अनुसन्धान रोक्यो। 

हकिङ : के हुन्, के होइनन्?

हकिङ आफ्नो जीवनकालमा अल्बर्ट आइन्सटाइन अवार्डबाट विभुषित भए। उनले वुल्फ प्राइज, द कोप्ली मेडल र द फन्डामेन्टल फिजिक्स प्राइज प्राप्त गरे। उनी नोबेल पुरस्कारप्रति पनि निकै उत्साहित रहेको बताइन्छ। 

हकिङ सम्भवत: उनको समयको सबैभन्दा ठूलो भौतिकवादी वैज्ञानिक थिएनन्। तर, ब्रह्माण्डको अध्ययनमा उनको योगदान गर्व गर्न लायक छ। 

उनले बिल क्लिन्टन प्रशासनको अनुरोधमा अमेरिकी संसद् भवनमा समेत प्रवचन दिएका थिए। त्यसपछि उनी एकैचोटि सन् २००९ मा मात्रै तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाको हातबाट 'स्वतन्त्रताका लागि राष्ट्रपति पुरस्कार' लिन ह्वाइट हाउस पुगेका थिए। 

उनको संघर्षमय र प्रेरक जीवनकथालाई विभिन्न चलचित्र तथा डकुमेन्ट्री मार्फत पर्दामा समेत उतारिएको छ। उनकै जीवनमा आधारित हलिउड फिल्म ‘द थ्यौरी अफ एभ्रिथिङ’ (२०१४) मा कलाकार एडी रेडम्यानले हकिङको जीवनयात्रालाई जीवन्त अभिनयबाट प्रस्तुत गरेका छन्। फिल्म हेरेपछि हकिङले प्रतिक्रिया दिएका थिए,‘त्यो समय मैले पर्दामा देखिरहेको मान्छेलाई आफैं ठानेको थिएँ।’ 

सन् २०१२ मा क्याम्ब्रिज विश्वविद्यालयमा हकिङको ७०औं जन्मदिन भव्य रुपमा मनाइएको थियो। एडेनवर्कमा भएको सो कार्यक्रममा ‘अ ब्रिफ हिस्ट्री अफ माइन’ शीर्षकको एक भिडियो म्यासेजमा उनले भनेका थिए, ‘मानवताको भविष्यका लागि अन्तरिक्षको निरन्तर खोजी हुनुपर्छ। अन्तरिक्षमा मानिसलाई पठाउनेबारे खोज तथा व्यवस्था नगर्ने हो भने आगामी १ हजार वर्षभन्दा बढी पृथ्वीमा मानिस बाँच्न सक्दैन।’ 

खुद्रा-थोक किस्साहरुमा हकिङ

हकिङ कोट-कचहरीमा जान निकै खुसी मान्थे। उनलाई यौनवादी र महिलाहरुको बढी निन्दा गर्ने मानिसको रुपमा चिनिन्थ्यो।

सन् २००३ मा उनी विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने लन्डनको चर्चित क्लब स्ट्रिंगफेलोजमा नाच्न मञ्चमा उत्रिए। त्यसको ठीक एक वर्षपछि उनले महिलालाई ‘एक पूर्ण रहस्य’को संज्ञा दिए। सोही वर्ष नै उनले प्यालेस्टाइनी शैक्षिक संस्थाहरुलाई सुझाव दिन इजरायलमा आयोजना गरिएको मुख्य सम्मेलन नै बहिस्कार गरेका थिए।

उनका केही भनाइप्रति आस्तिकहरुले विमति राख्ने गरेका छन्। सन् २०१० मा प्रकाशित उनको पुस्तक ‘ग्रान्ड डिजाइन’मा ब्रह्माण्डको भविष्यका लागि भगवानको आवश्यकता नपर्ने उल्लेख छ। 

त्यसको ठीक एक वर्षपछि 'द गार्जियन'सँग अन्तर्वार्ताका क्रममा उनले भनेका थिए, ‘म दिमागलाई कम्प्युटरको रुपमा मान्छु। जब यसका अन्य अंगले काम गर्न छाड्छन्, तब यसले पनि स्वतः काम गर्न छाड्छ।’

उनले मृत्युबारे पनि आफ्ना धारणा राखेका थिए। डाक्टरले सन् १९६३ मै २ वर्ष मात्रै बाँच्छस् भनेको घटना सम्झिँदै हकिङले भनेका थिए, ‘मैले पछिल्लो ४९ वर्ष प्रारम्भिक मृत्युको सम्भावनासहित गुजारेको छु। म मृत्युबाट डराउँदिनँ, तर मर्न कुनै हतार पनि छैन। म यत्ति चाहन्छु, जति बाँच्छु, धेरै काम गर्न चाहन्छु।’

- एजेन्सीहरुको सहयोगमा 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्