• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बिबिसीकी पत्रकारको भूमिगत 'अपरेसन' : जहाँ कोठा भाडा वापत सहवास खोज्छन् घरबेटीहरु

64x64
नेपाल लाइभ आइतबार, फागुन २०, २०७४  १४:१६
1140x725

- एली फ्लिन

‘घर सुन्दर हुन त्यहाँ महिला हुन जरुरी छ।’

ठूलो अक्षरले लेखिएको यो विज्ञापनमा धेरैका आँखा पुग्छन्। त्यसभित्र लेखिएको छ, ‘मसँग राम्रो, आधुनिक र सुन्दर घर छ। त्यसलाई महिलाको स्पर्श जरुरी छ। के तपाईं बस्न चाहनुहुन्छ? तपाईंको आफ्नै कोठा र ठाउँ हुनेछ। यसको बदला तपाईंले चाहेको समय साथी सम्झेर मसँग सहवास गर्न सक्नुहुनेछ।’

अन्तिममा बोल्ड अक्षरमा ध्यानाकर्षण गरिएको छ– गोरी, एसियन, चुरोट नपिउने।

यो विज्ञापन कोठा भाडामा लगाउन गरिएको हो। तर, भाडा वापत पैसा दिनु पर्दैन। घरमालिकसँग यौन सम्बन्ध राख्नुपर्ने हुन्छ।

‘हो, कोठा भाडामा लिए वापत मसँग यौन मागिएको थियो’, २५ वर्षीया एक युवती मसँग भनिरहेकी थिइन्। एक शुक्रबारको साँझ लन्डनमा म उनीसँग कुरा गरिरहेकी थिएँ।

उनी भन्दै गइन्, ‘उसले आफ्नो कोठा भाडामा लगाउन चाहन्थ्यो। तर, भाडा वापत पैसा तिर्नुपर्ने थिएन। उसको सर्त थियो– मसँग नियमित यौन सम्बन्ध राख्नुपर्छ।’

लन्डनमा ‘यौनका लागि कोठा भाडामा’ दिने गिरोह नै छ। जहाँ केही घरमालिक बहालवालासँग सुविधाजनक आवासको बदलामा यौनको माग्ने गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बिबिसी थ्रीको डकुमेन्ट्रीका लागि मलाई यो खोज्न जरुरी थियो, यस्तो गिरोह कसरी चलिरहेको छ? यसै क्रममा म एक भूमिगत अपरेसनमा लागेँ।

जो घरमालिक मसँग यतिबेला कुरा गरिरहेको छ, उसका लागि म २४ वर्षीया नर्सिङकी विद्यार्थी थिएँ। जो भाडामा कोठा खोजिरहेकी छ। 

ऊ लन्डनमा जुन घरमा बस्थ्यो, त्यहाँ अरु मानिस पनि बस्थे। तर, उसले भन्यो, ‘अन्य मान्छेबाट कुनै समस्या छैन। म उसकी केटी साथी हुँ भनिदिए पुग्छ।’

जब म हिचकिचाएँ, उसले मलाई फकाउने प्रयास गर्‍यो। उसले भन्यो, ‘अनलाइनमा कोठा अफर गर्नेहरुभन्दा म राम्रो विकल्प हुन सक्छु।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो शहरमा ऊ एक्लो मान्छे थिएन, जो ‘यौनका लागि कोठा भाडा’मा लगाउन खोजिरहेको थियो। 

मैले एक लोकप्रिय वर्गीकृत विज्ञापन भएको वेबसाइट पनि हेरेँँ। यस्ता दर्जनौं विज्ञापन देखिए, जहाँ ‘वयस्क सम्बन्ध’का बदलामा कोठा दिन सक्ने बताइएको थियो। यस्तो विज्ञापनको जालो पूरै बेलायतमा फैलिसकेको थियो। ब्रिटेनदेखि एडिनबरासम्म, ठूलो शहरदेखि सानो शहरसम्म।

मैले यस्ता विज्ञापनप्रति चासो प्रकट गर्न के थालेकी थिएँ, केही मिनेटमै एक जवाफ आयो। जहाँ स्पष्ट रुपमा यौनको संकेत थियो। एउटा घरमालिकले तुरुन्तै मेरो शरीर र ब्राको साइज सोध्यो। 
अर्को व्यक्तिले पनि भन्यो, ‘जबसम्म तिमी हाम्रो यो वयस्क सम्बन्धका लागि राजी हुँदिनौ, तबसम्म हामी ह्वाट्सएपमा कुरा जारी राख्न सक्छौं।’

मैले यस क्रममा कति घरभेटीसँग कुरा मिलाउने समय लिएँ। म चकित परेँ, जोसँग भेटिरहेकी थिएँ, उनीहरु विभिन्न उमेर र फरक–फरक पृष्ठभूमिका थिए।

एक व्यक्ति केवल २४ वर्षको थियो। दोस्रो आफ्नी छोरीको कोठा दिन तयार थियो। उसकी छोरी विश्वविद्यालय पढिरहेकी थिई। 

तेस्रोले बतायो, ‘तिमी मेरो त्यो क्याबिनमा बस्न सक्छौ।’ क्याबिन उसको घरको पछाडिको बगैंचामा थियो। बसे वापतको सर्त ‘उही’ थियो। यस्तो प्रस्ताव राख्नेहरुमध्ये धेरैजसो पुरुष एक्लै बस्नेहरु थिए। 

मैले यस्तै एक जना केटा भेटेकी थिएँ, उसको उमेर करिब २४ वर्षको थियो। ऊ हरेक दुई दिनमा यौन सम्पर्क वा यस्तै केही गर्न चाहन्थ्यो। तर, यौनमा हुने भावनात्मक कुरासँग उसको कुनै सरोकार थिएन। उसले भन्यो, ‘म यसलाई व्यापारिक सम्झौताको रुपमा मात्र लिइरहेको छु।’

मैले यी मान्छेहरुका अगाडि आफूलाई एक लाचार केटीका रुपमा पेश गरिरहेकी थिएँ, जोसँग बस्नका लागि कुनै ठाउँ थिएन। यस क्रममा घरबेटीहरु निर्लज्ज तरिकाले ‘यौन सम्पर्क गर्न दिए बस्ने ठाउँ दिन्छु’ भनिरहेका थिए। ओहो ! उनीहरु कति सहज रुपमा एक भाडावाललाई आफूसँग सुत्न प्रस्ताव राखिरहेका थिए। 

डरलाग्दो यथार्थ त यस्तो थियो, तीमध्ये धेरैमा आफूले केही गलत गरिरहेको छु भन्ने कुराको महसुससम्म पनि थिएन। उनीहरु ‘यौनका बदला कोठा भाडामा’ लगाउने विज्ञापन अवैध हुनसक्छ भन्ने कुराको पनि ख्याल गरिरहेका थिएनन्। 

जब मैले बिबिसी थ्रीको यस खोजीबारे उनीहरुलाई इमेल लेखेर पठाएँ, केवल दुई जनाले जवाफ फर्काए। 

एकले राजीखुसीले यौनका लागि सहमत गराउन खोजेको बताउँदै कुनै गल्ती नगरेको दाबी गरेका थिए। दोस्रोले चाहिँ केवल घरमा सँगै बसौं भनेको बतायो।

तर यथार्थ यही हो, जो केटीहरु यी विज्ञापनको जालमा परिरहेका छन्, उनीहरुको हालत खराब छ। उनीहरुसँग कहाँ रहने–बस्ने भन्ने ठेगान छैन।

मैले त्यस्तै एक केटी भेटेकी थिएँ, जो कोठाको भाडा यौन सम्बन्ध राखेर चुकाइरहेकी थिई। ऊ केवल २० वर्षकी थिई। ऊ त्यो घरमा जानु अगाडिसम्म उसलाई आफूले गरेको सौदावाजी ठीक थियो कि थिएन भन्ने कुराको महसुस नै भएको थिएन। 

उसले त्यो व्यक्तिलाई सुरुमा भनी, ‘म यौन सम्बन्ध राख्न सक्दिनँ।’ तर, घरबेटीले मान्नेवाला थिएन। त्यहाँबाट निस्केपछि बेघर हुनुपर्ने डरले ऊ लामो समयसम्म त्यही घरमालिकसँग बसी।
त्यो घरमालिकसँग मैले सोध्दा उसले भनेको थियो, ‘जबसम्म त्यो केटी मसँग बसी, बेखुसी थिइन।’

मेरो यस्तै एक अधबैंसे पुरुषसँग पनि भेट भएको थियो, जो भाडाको बदला यौन चाहिरहेको थियो। ऊ एउटा फल्याटमा एक्लै बस्थ्यो। जब म त्यहाँ पुगेँ, ऊ रिसाउँदै बाहिर निस्कियो। तर, ऊ कुराकानीका लागि भने राजी भयो। 

उसको भनाइ थियो, ‘म केवल साथी खोजिरहेको छु। यो यौनका लागि मात्रै होइन।’ आफूले गलत गरिरहेको महसुस नगरेको उसले बतायो। 

यस्ता व्यक्तिसँग बसिरहेकी महिलाहरु बेघर हुने डरले यौन सम्बन्ध राख्न बाध्य छन्। यस्ता महिला त्यसका लागि राजी भए खुसी भने पक्कै छैनन्।

मैले यो कुरा ती अधबैंसेलाई सम्झाउने कोसिस गरेँ। उसले भन्यो, ‘मलाई यो सहमतिको एउटा राज हुन सक्छ भनेर थाहा छ।’

मैले यो डकुमेन्ट्री बनाउने क्रममा भेटेका घरमालिकहरुमध्ये कसैले पनि आफूले गलत गरिरहेको महसुस गरेका थिएनन्। बरु उनीहरुको प्रश्न हुन्थ्यो, ‘त्यसमा गलत चाहिँ के छ?’ 

गरिबीका विरुद्ध काम गर्ने र भाडावालहरुको संगठन ‘एकर्न’की एलेन मोरान यसलाई यसरी अर्थ्याउँछिन्, ‘हाम्रो समाजमा कति मान्छे यस्तो ठान्छन्, मन परेको कुरा पाउन कमजोरमाथि शक्तिको प्रयोग गर्नु जायज हो। कसैले यसमा प्रश्न उठाउन सक्दैन।’ 

एलेन अगाडि भन्छिन्, ‘ती व्यक्तिहरुलाई थाहा छ, नियमनकारी निकायले यसलाई बेवास्ता गरिदिन्छ।’

एलेनको संगठनले भाडाका बदलामा यौन चुकाउनुपर्ने कुरालाई गैरकानुनी बनाउन अभियान चलाउँदै आएको छ।

उनको माग छ, ‘दास प्रथामाथि प्रतिबन्ध लगाउने कानुनको दायरामा यसलाई ल्याउनुपर्छ।’

सरकारले पनि भाडाका बदलामा यौन एक प्रकारको अपराध रहेको सार्वजनिक रुपमा घोषणा गर्नुपर्ने उनी बताउँछिन्। 

अनुवाद : डिबी खड्का

प्रकाशित मिति: आइतबार, फागुन २०, २०७४  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्