बाकु- अजरबैजानको राजधानी बाकुमा रहेको लागु औषध दुव्र्यसनी सुधार केन्द्रमा शुक्रबार भएको आगलागीमा परी २५ जनाको मृत्यु भएको छ।
आगलागी नियन्त्रण गर्न र आगलागीमा परेकाहरुलाई उद्धार गर्न उद्धारकर्ताहरुलाई झण्डै तीन घण्टा लागेको समाचारमा जनाइएको छ।
राष्ट्रपति इल्हाम अलियेभीले घटनाका बारेमा छानविन गरेर दोषीलाई कारबाहीको सिफारिस गर्न एक सरकारी आयोग गठन गरेका छन्। उनले मृतकका परिवारजनलाई केही आर्थिक राहतको व्यवस्था गर्न पनि निर्देशन दिएका अधिकारीले जनाएका छन्।
स्थानीय समय अनुसार बिहान ६ः१० मा आगलागी भएको यहाँको विपद् व्यवस्थापन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
जलेर गम्भीर घाइते भएकामध्ये ४ जनालाई अस्पताल भर्ना गरिएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।