• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २०, २०८२ Wed, Mar 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सम्झौता बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएर नेपाल ट्रष्टका कर्मचारी गोकर्ण फरेष्टतिर

64x64
उत्तम काप्री आइतबार, मंसिर १, २०७६  १२:३७
1140x725

काठमाडौं- सन् १९९५ अगष्टमा भएको सम्झौताको समयावधि सकिन ६ वर्ष बाँकी रहँदै लिज अवधि बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएपछि नेपाल ट्रष्टको कार्यालयका कर्मचारी गोकर्ण फरेष्ट रिसोर्टको निरीक्षणमा जाने भएका छन्।

सरकारले रिसोर्टका लागि थप समय उपलब्ध गराउने प्रपञ्च गरेसँगै ट्रष्ट कार्यालयको सञ्चालक बोर्डले समयावधि बढाउन सकिने निर्णय गरेको थियो। गत मंगलबार बसेको बोर्डको बैठकले गोकर्ण फरेष्ट रिसोर्टको लागि दरबारले उपलब्ध गराएको जग्गा भाडाको लिज अवधि बढाउन मिल्ने भन्दै निर्णय गरेको थियो।

बोर्डको निर्णयको सूचना बाहिरिएसँगै ट्रष्टको कार्यालयले जग्गा लिजको अवधि बढाउने कामलाई वैधानिकता दिन ५ दिनपछि निरीक्षणमा जान लागेको हो।
बोर्ड सूचना अधिकारी अमृत महर्जनले आफूहरु आज गोकर्ण फरेष्टको निरीक्षणमा जान लागेको बताए। ‘गोकर्ण फरेष्टमा सञ्चालन भएको गोकर्ण रिसोर्ट प्रालिले भाेगचलन गर्दै आएको जग्गा नेपाल ट्रष्टको हो,’ उनले भने, ‘आज निरीक्षणमा जाने भएको छौं।’

ट्रष्टको नाममा रहेको गोकर्णको २ हजार ९ सय ७१ रोपनी जग्गामा व्यापारी स्वर्गीय आङछिरिङ शेर्पाको परिवारको लगानी रहेको यती होल्डिङ प्रालिले भोगचलन गर्दै आएको छ। 

‘नेपाल ट्रस्ट ऐन- २०६४’ लाई एक वर्षअघि नै संशोधन गराउँदै सोही संसोधनका आधारमा गोकर्ण फरेस्टलाई लिजको समयसीमा थप्ने खेल भएको हो,’ ट्रस्ट कार्यालय स्रोतले नेपाल लाइभलाई भन्यो, ‘ओली सरकार आएपछि नियतबस कानुन संसोधन गरिएको रहस्य बल्ल सतहमा आउँदैछ।’

‘केही नेपाल ऐन संसोधन गर्ने ऐन- २०७५’ मार्फत सरकारले ट्रस्ट ऐनलाई पनि संशोधनको डालोमा राखेको थियो। धेरैलाई थाहै नहुने गरी ट्रस्ट ऐनको दफा ५ को उपदफा ३ मा थप प्रावधान राखियो, जसले प्रधानमन्त्री केपी ओलीसँग निकट मानिएका स्वर्गीय व्यवसायी आङछिरिङ शेर्पाको कम्पनी यती होल्डिङ्स प्रालिलाई सहज बनाइदियो।

स्मरण रहोस, गोकर्ण रिसोर्ट व्यवसायी छिरिङको यही कम्पनीअन्तर्गत सञ्चालन भइरहेको छ। व्यवसायी छिरिङले २०६७, वैशाखमा एलएम सुबिर बद्रर्स प्रालि ( नेपाल) सँग सब-लिजको सम्झौता गरेका थिए। सोही सम्झौताअनुसार अहिले गोकर्ण रिसोर्ट सञ्चालन भइरहेको छ।  

झन्डै २४ वर्ष अगाडि राजपरिवारको स्वामित्व र भोगचलनमा रहेको सो जग्गा राजपरिवारले एलएम सुबिर ब्रदर्स(नेपाल) प्रालिलाई ३० वर्षको अवधिसम्म रिसोर्ट सञ्चालन गर्न लिजमा उपलब्ध गराएको थियो। उक्त समयमा जग्गाको प्रत्यक्ष रेखदेख दरबारमार्फत नै हुथ्यो।

Ncell 2
Ncell 2

दरबारले साविकको काठमाडौं जिल्ला गोकर्ण गाविसमा रहेको कित्ता नम्बर १४ र १५ को ३ हजार ९ सय ७१ रोपनी ३ पैसा ३ दाममध्ये २ हजार ९ सय ७१ रोपनी ६ आना ३ पैसा १ दाम क्षेत्रफलमा रिसोर्ट सञ्चालनको लागि सुम्पिएको थियो। राजपरिवारले गरेको सम्झौताको समयसीमा २०२५ अगस्ट १५ तोकिएको थियो।
सरकारले केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ मार्फत नेपाल ट्रस्ट ऐन, २०६४ को दफा ५ को उपदफा ३ मा ‘क’ र ‘ख’ थप गरेको थियो। 

नेपाल ट्रस्ट ऐन, २०६४ को दफा ५ मा ट्रस्टको सम्पत्तिको प्रयोग सम्बन्धमा केही कानुनी व्यवस्था गरेको थियो। तर, केही नेपाल ऐन  संशोधन गर्ने ऐन, २०७५ मा नेपाल ट्रस्ट ऐन २०६४ मा नेपाल ट्रस्टको जग्गा लिज सम्बन्धमा रहेको पुरानो व्यवस्थालाई परिर्वतन गर्न सक्ने प्रावधान थप गरिएको थियो।

उक्त संशोधन  राष्ट्रपतिबाट २०७५ फागुन १९ गते प्रमाणीकरण भएको थियो। २०६४ को ऐनमो दफा ५ को उपदफा ३ मा ’ट्रस्टको सम्पत्तिको संवर्द्धन, संरक्षण र यसको आयआर्जनका लागि समितिले तोकिए बमोजिमको कार्यक्रम सञ्चालन गर्नेछ’ भनी उल्लेख थियो। तर, सरकारले गोकर्ण फरेस्ट लगायत नेपाल ट्रस्टको नाममा रहेको जग्गा कौडीको भाउमा आफूनिकट व्यवसायीलाई दिनकै लागि उफदफा ३ मा ‘क’ र ’ख’ थप्यो।

संशोधन ऐनको उपदफा ३ को ‘क’ मा ’उपदफा (३) बमोजिम कार्यक्रम सञ्चालन गर्दा समितिले ट्रस्टको सम्पत्ति कुनै व्यक्ति वा संस्थालाई ट्रस्टको सिफारिसमा नेपाल सरकारले तोकेको अवधिको लागि लिजमा दिन सक्नेछ’ भनी उल्लेख छ। यसैगरी, उपदफामा ३ को ’ख’मा भने उपदफा (३ क) मा जुनसुकै कुरा लेखिएको भए तापनि अवधि तोकी लिजमा दिइएको सम्पत्तिको उपभोग गर्ने पक्षले थप पूँजी लगानीसहित विद्यमान संरचना मर्मतसम्भार गरी सञ्चालन गर्न चाहेमा र सोबाट ट्रस्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा त्यस्तो अवधि समाप्त हुनुअगावै समेत आवश्यकताअनुसार ट्रस्टको सिफारिसमा नेपाल सरकारले लिजको अवधि थप गर्न सक्ने प्रावधन राखिएको छ। साथै दफा ५ को उपदफा ३ को ’ख’ पछि भने तर, त्यसरी थप गरिने लिज अवधि सुरु लिज अवधि भन्दा बढी हुने छैन भनेर उल्लेख गरिएको छ। 

सोही उपदफालाई आधार बनाएर नेपाल ट्रस्टको सञ्चालक समितिले गोकर्ण फरेस्ट रिसोर्ट सञ्चालनको लागि उपलब्ध गराएको जग्गाको लिज अवधि समय सकिनु अगावै अरु समय थप्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ। 

‘प्रधानमन्त्री केपी ओलीकै इच्छाअनुसार एक वर्ष अगाडि नै कानुन संशोधन गरेर यो प्रपञ्च रचिएको हो,’ स्रोतले भन्यो, ‘सयम अवधि थप हुने विषयमा कुनै शंका नै छैन।’ कानुनमा भने अनुसारको प्रक्रिया पूरा गर्नकै लागि केही समय अगाडि ३ सदस्य समिति बनाएको र समितिले सुटुक्क बुझाएको प्रतिवेदनका आधारमा सयम थप्ने काम अगाडि बढेको स्रोतको भनाइ छ।

यो प्रक्रियाबाट समय थप नभएको अवस्थामा फेरि स्वर्गीय छिरिङको परिवारको लगानी रहेको यति होल्डिङ्स प्रालिले रिसोर्ट सञ्चालन गर्न नपाउने अवस्थामा पनि आउने सक्ने भएपछि ६ वर्ष अगाडि नै यो प्रपञ्च रचिएको स्रोतको दाबी छ।

पहिलो सम्झौताको समय अवधि सकिएको अवस्थामा फेरि नयाँ प्रक्रियाबाट जग्गा लिजमा लगाउँदा एलएम सुबिर ब्रदर्स (नेपाल) प्रालिले नपाउने र यति होल्डिङ्सको सब-लिज पनि खारेज हुने भएपछि यो प्रपञ्च रचिएको हो। यति होल्डिङ्सले पनि नाम मात्रैको एलएम सुबिर ब्रदर्श (नेपाल)को नाममा सम्झौता अवधि थपेर हालिमुहाली गर्न लागेको रहस्य खुलेको छ।

अध्ययन रिपोर्टमा उल्लेख गरिएको लगानी थप, भाडा तथा समय अवधिको विषय पनि गुपचुप राखिएको छ। सरकारले निश्चित व्यक्तिको स्वार्थ पूर्तिका लागि यो काम गरेको पुष्टि हुन्छ।

सन् १९९५ मा भएको सम्झौतामा २ हजार ९ सय ७१ रोपनीभन्दा बढी जग्गाको भाडा २१ देखि २५ वर्ष अवधिको समयमा वार्षिक २ लाख ४० हजार डलर हुने उल्लेख छ। रिसोर्टको लिज अवधि थप्ने तयारी अन्तिम चरणमा पुर्‍याए पनि सरकारले भाडादर कति कायम गर्ने र कति सयम अवधिका लिजमा दिन लागिएको भन्ने विषयमा खुलाएको छैन।

‘यसरी कानुन संशोधन गरेर पनि सत्ताधारीले व्यवसायी पोस्ने अभ्यासले हामीलाई आश्चर्यमा पारेको छ,’ ट्रस्टका एक कर्मचारीले भने, ‘नीति र नियतको यो गठजोड डरलाग्दो छ।’

प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
२४ घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी बुधबार, फागुन २०, २०८२
रौतहट-४ मा ऋषि धमलालाई समर्थन गर्दै प्रलोपाका उम्मेदवारले गरे उम्मेदवारी निष्क्रिय बुधबार, फागुन २०, २०८२
निर्वाचनका दिन कतै पनि वर्षा नहुने बुधबार, फागुन २०, २०८२
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु बुधबार, फागुन २०, २०८२
टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्ने बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कैलाली झडपः इन्सपेक्टर र असई घाइते मंगलबार, फागुन १९, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र प्रहार बुधबार, फागुन २०, २०८२
मतदान केन्द्रमा खटिएका दुई कर्मचारीलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरियो बुधबार, फागुन २०, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्