आर्मी मेडिकल कलेजले पनि एमबिबिएसमा असुल्यो ८ लाख बढी शुल्क
मिडियालाई सूचना दिए गायब पार्ने धम्की

काठमाडौं– निजी मेडिकल कलेजहरूले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा छन्।
सरकारले १५ दिनभित्र बढी लिएको शुल्क फिर्ता नगरे कारबाही हुने सूचना जारी गरिसकेको छ। तर, सरकारकै एक अंग नेपाली सेनाले सञ्चालन गरेको नेपाल आर्मी इन्सिच्युट अफ हेल्थ साइन्सले नै सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएको छ।
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)बाट सम्बन्धन प्राप्त सो कलेजले ८ लाख रुपैयाँसम्म बढी लिएको कलेजकै ‘फी स्ट्रक्चर’बाट देखिन्छ।
उपत्यकाकै सानो भर्याङमा रहेको सो कलेजले ‘ट्युसन फी’ शीर्षकमा लिएको रकम नै सरकारले उपत्यका बाहिरका लागि तोकेको बराबर छ। यसबाहेक विभिन्न शीर्षक बनाएर कलेजले थप रकम असुलेको छ।
कलेजले पूर्णशुल्कीय विद्यार्थीबाट ४२ लाख ८२ हजार ७ सय रुपैयाँ लिएको सन् २०१६ मा कलेजले जारी गरेको फी स्ट्रक्चरमा देखिन्छ।
सरकारले आर्थिक वर्ष २०७३/०७४ मा एमबिबिएसको शुल्क उपत्यकाभित्रका लागि ३५ लाख रुपैयाँ तोकेको थियो। उपत्यका बाहिरका लागि ३८ लाख ५० हजार तोकिएको थियो।
सरकारी निकायले नै संचालन गरेको मेडिकल कलेजबाट ठगिएका विद्यार्थी डरधम्कीका कारण बोल्न नसकेको बताउँछन्। बढी शुल्क लिएको सूचना प्राप्त भएपछि नेपाल लाइभले विद्यार्थीहरलाई किन नबोलेको? भनी गरेको प्रश्नमा नाम उल्लेख नगर्ने शर्तमा एक विद्यार्थीले भने, ‘यो विषय बाहिर नल्याउन हामीलाई निरन्तर धम्काइयो। प्रशासनले हामीलाई ‘यदि यो विषय मिडियामा पुर्यायौ भने आर्मीले गायब गर्छ भन्ने धम्की दिइएको छ।’
नेपालभरका विद्यार्थीहरू बढी शुल्कविरुद्ध आन्दोलित भइरहेका बेला आफू डराएर बस्नुपर्ने अवस्था रहेको विद्यार्थीको गुनासो छ। ‘हामीले तीन वर्षअघि बढी शुल्क लिइएको विषयमा आवाज उठाउन खोजेका थियौं। चिकित्सा शिक्षाका विकृति विरुद्ध लडिरहेका डा गोविन्द केसी सरलाई पनि भेटेका थियौं।’
डा केसीलाई भेटेको विषयमा कलेज प्रशासनले थाहा पाएपछि थर्काएको विद्यार्थीहरू बताउँछन्। त्यसपछि डा केसीलाई भेट्नु गल्ती भयो भन्दै क्षमायाचनासहितको निवेदन समेत लेख्न लगाएको उनीहरुको भनाइ छ।
विद्यार्थीहरुले यस विषयमा चिकित्साशास्त्र अध्ययन संस्थानमा समेत सूचना दिएका थिए। आर्मीजस्तै विभिन्न मेडिकल कलेजहरूबाट बढी शुल्क लिइएको गुनासो आएपछि आइओएम डिन कार्यालयले २०७३ पुसमा सूचना जारी गर्यो। जहाँ निर्धारित शुल्क (उपत्यकाभित्र ३५ लाख रुपैयाँ र बाहिर ३८ लाख ५० हजार रुपैयाँ) मात्रै लिन भनिएको छ।
स्वर्ण | रजत | कास्य | जम्मा | |
---|---|---|---|---|
![]() |
६२ | ४१ | २१ | १२४ |
![]() |
३६ | २७ | ३८ | १०१ |
![]() |
१७ | ३५ | ५५ | १०७ |
![]() |
१५ | २३ | २४ | ६२ |
![]() |
४ | ११ | ४५ | ६० |
![]() |
१ | ० | २ | ३ |
![]() |
० | ० | ६ | ६ |
- आचारसंहिता कार्यान्वयनको अवधि समाप्त
- उपनिर्वाचनमा बदर मत न्यून
- गुठीको समस्या चाँडै समाधान हुन्छ : मन्त्री अर्याल
- साग उसु : नेपाललाई ५ स्वर्ण, प्रशिक्षक भन्छन्– धेरै सन्तुष्ट छु
- गौरिका भन्छिन्- मलाई नेपाली होइन भन्छन्, तर म नेपाली हुँ, यो पदक सारा नेपालीलाई
- नेपाल लाइभ समाचार [भिडियो]
- आगलागीमा चार घर जले
- भारोत्तोलनमा स्वर्ण जितेपछि सञ्जुलाई बाबाको फोन - छोरी नाम उच्च राख्यौ
- दुःख बिसाउन आएका सुस्तावासी फेरि दुःखसँगै फर्के
- भारोत्तोलनमा संगीताले बनाइन् राष्ट्रिय कीर्तिमान
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- हारभित्रको कथा : नेपाली बाआमाकी भारतीय छोरी!
- गौर नरसंहार : खोलिएला १३ वर्षदेखि थन्किएको फाइल?
- साग फुटबल : खेल तालिकामै नेपालबाहेक सबै देशको विरोध
- पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढ्यो
- सिद्धबाबा प्रकरणः* पीडित भनिएकी महिलाको ५२ पेज लामो म्यासेज फेला परेको प्रहरी दाबी
- धरानमा किन हार्यो नेकपा?
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- पतिसँग ८ मतले पराजित अच्छेलाल पत्नीसँग ११ मतले हारे
- वडा अध्यक्षमा कुन पार्टी कति ठाउँमा विजयी? (अपडेट)
- उपनिर्वाचनमा पूर्वमाओवादीलाई ‘धोका’
- विश्वको खतरनाक एयरलाइन्समा तारा एयर
- गोल्ड मेडल जितेपछि भावुक भइन् आयशा
- कांग्रेसले जितेको प्रचार भएको बाजुरा त्रिवेणी १ नेकपा विजयी
- शिथिल अर्थतन्त्रको ओदान: उत्पादकत्व, प्रतिस्पर्धा र लगानी
- मतदान सम्पन्न, मत गणना आजैदेखि
- कास्की बम विष्फोट : सुरक्षा व्यवस्था फितलो भएको भन्दै डिएसपीको सरुवा
- कास्की क्षेत्र नं. २ नेकपा अघिअघि, पछ्याउँदै कांग्रेस
- त्यो अङ्गालो : सागमा पदक जितेका एक दर्शक!
- विराटनगर जुट मिल्स घोटाला २: राजपा नेता अनिलकुमार झालाई भ्रष्टाचारमा मुद्दा चलाउन न्यायिक आयोगको सिफारिस
- साग खेलकुद : सोमबार कुन खेल कहाँ?