काठमाडौं- राजस्व अनुसन्धान विभागले केराउ र आलुचिप्स भनी ल्याएको दुई ट्रक अवैध मासु नियन्त्रणमा लिएको छ।
रेफ्रिजेरेटरजडित उक्त ट्रकमा मासु फेला परेको हो। विभागले उक्त ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
उक्त सामानको भन्सार प्रज्ञापन पत्रमा केराउ र आलुचिप्स सहित तरकारीजन्य वस्तु ल्याएको भनिए पनि ट्रकमा ब्रोइलर, भैसीलगायतको मासु ल्याइएको थियो।
मासु बरामदपछि विभागले गरेको अध्ययनमा १० हजार ३ सय ७८ किलो कुखुरा, ५ सय २८ किलो हाँस र २ सय ४० किलो भैसीको मासु भएको फेला परेको हो।
विभागले २ सय ४० किलो मासु कुन जनावरको हो नखुलेपछि परिक्षणका लागि प्रयोगशाला पठाइएको छ भने अन्य मासु खाल्डोमा पुर्न लागेको छ।
विभागले रेफ्रिजेरेटर जडित २ ट्रक जफत गरी आफ्नो प्रांगणमा राखेको छ।
अनुसन्धानपछि मासु ल्याउने कम्पनी विरुद्ध जरिवाना र सजाय माग दाबीसहित विभागले अदालतमा मुद्दा दायर गर्नेछ।
अवैध मासु कार्तिक १९ गते नै विभागको टोलीले नियन्त्रणमा लिएको थियो। तोकिएको भन्दा फरक बाटो प्रयोग गरेर ल्याउँदै गरेको अवस्थामा ती २ ट्रक पक्राउ गरिएको विभागका एक अनुसन्धान अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।