सप्तरी- सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षिय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ। मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएरका थिए।
अचानक बेहाेस भएका यादवकाे मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए। उनकाे मृत्यु के कारणले भएकाे हाे भन्नेबारे यकिन हुन सकेकाे छैन। यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिन नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरेका छन्। दुई वर्षअगाडि यादव रोजगारीको सिलसिलामा मलेसिया गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।