काठमाडौं- सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ।
आइतबार दिउँसो भएको सो बस दुर्घटनामा १७ जनाको मृत्यु भएको हो। मृतकको सनाखत समेत भइसकेको छ।
सोही दुर्घटनामा परी घाइतेहरूको भएका धुलिखेलका अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ५२ जनाको उपचार धुलिखेलमा भइरहेको छ भने दुई जनालाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा रिफर गरिएको छ।
दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो।
बसमा ६० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ।
बस सडकबाट १०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो।
मृत्यु हुनेमा ९ जना बालबालिका र ८ जना वयस्क छन्। २ जनाको अस्पतातमा मृत्यु भएको हो भने बाँकीको घटनास्थलमा नै शव भेटाइएको हो।
मृतकको नामावली

घाइतेहरूको नामावली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।