काठमाडौं- सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ।
आइतबार दिउँसो भएको सो बस दुर्घटनामा १७ जनाको मृत्यु भएको हो। मृतकको सनाखत भइसकेको छैन।
सोही दुर्घटनामा परी घाइतेहरूको भएका धुलिखेलका अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको नामावलीसमेत खुलेको छ। घाइतेमध्ये ४५ जनाको उपचार धुलिखेलमा भइरहेको छ भने दुई जनालाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा रिफर गरिएको छ।
दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो।
बसमा ६० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ।
बस सडकबाट १०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो।
घाइतेहरूको नामावली
१. निशा तमाङ
२. एकरानी कार्की
३. छत्रकुमारी थापा
४.अज्ञात ३५ वर्षिय महिला
६. सुनिल थापा
७. जिवन खड्का
८. समिर श्रेष्ठ
९. मिन कुमार श्रेष्ठ
१०. संगिता श्रेष्ठ
११. जेनिशा श्रेष्ठ
१२. सदिक्षा कार्की
१३. सुरेश तमाङ
१४. सहनशीला घिसिङ
१५. कौशिला कार्की
१६. प्रविन आलेमगर
१७. बबिता श्रेष्ठ
१८. कोपिला कार्की
१९. हरिमाया थापा
२०. सिमा कार्की
२१. युनिसा खड्का
२२. मनिका खड्का
२३. कमला मोक्तान
२४. डोल्मा तमाङ
२५. श्रीकृष्ण कार्की
२६.शिशिर तमाङ
२७. सुनिता तमाङ
२८. शसिता तमाङ
२९. युनिसा तमाङ
३०. रश्मी बस्नेत
३१. सविता थापा
३२. निरक श्रेष्ठ
३३. रविन मोक्तान
३४. निकेश श्रेष्ठ
३५. रञ्जना केसी
३६.सरिता तमाङ
३७. जितबहादुर खड्का
३८. नम नखुलेको रातो पहिरनकी महिला
३९. लोकबहादुर थापा
४०. रोमन तिमल्सिना
४१. विमला तमाङ
४२. दिपा घिसिङ
४३. रोमा घिसिङ
४४. सुजन तमाङ
४५. गोमा श्रेष्ठ
४६. परिचय नखुलेको
४७. सुकमान विक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।