काठमाडौं– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई उपकुलपति बनाउने निर्णय गरेको हो।
उपकुलपतिमा डा बाँस्कोटासँगै डा भगवान कोइराला र चन्द्रमणि पौडेल सिफारिस भएका थिए।
डा कोइरालालाई आजै नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको छ।
डा बाँस्कोटाको नेपाल मेडिकल काउन्सिल अध्यक्षको पदावधि केही महिनाअघि मात्रै सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।