काठमाडौं- सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस खस्दा मृत्यु भएका १० जनाको शव प्रहरीले फेला पारेको छ।
सुनकोशी नदिबाट शव निकालिएको छ।
नदीबाट निकालिएको बस खाली रहेको छ।
बसमा भएका मानिस खोलाले बगाएका अनुमान गरिएको प्रहरी निरीक्षक विनोद धितालले बताए।
खोलाले बगाएको लासहरुको खोजी जारी रहेको उनले बताए।
‘दशवटा शव घटनास्थलबाट निकालेका छौँ, केही शवहरु नदीले बगाएको छ, हामी खोजिरहेका छौँ,' धितालले भने।
उनका अनुसार नदीले बगाएका शवहरु घटनास्थलभन्दा केही तल फेला परेका स्थानीय बासिन्दाले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।