• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन १३, २०८२ Wed, Feb 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सामाजिक सुरक्षा कोष : व्यक्तिदेखि संस्थासम्मले ऋण लिन पाउने

कुन क्षेत्रमा गर्छ कोषले लगानी? 
64x64
नेपाल लाइभ शनिबार, कात्तिक १६, २०७६  ०५:५३
1140x725

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत् कोषका योगदानकर्ता (श्रमिकहरु)देखि विभिन्न संस्थाहरुले पनि ऋण लिन पाउने भएका छन्। 

कोषमार्फत सामाजिक कर्जा, शैक्षिक कर्जा तथा घर कर्जालगायतका कर्जा व्यक्तिदेखि संस्थासम्मले लिन पाउने भएका हुन्। 

सामाजिक सुरक्षा कोषको लगानी कार्यविधिमा यस्तो व्यवस्था गरिएको छ। कार्यविधि सामाजिक सुरक्षा कोष सञ्चालक समितिबाट पारित भइसकेको छ। यो कार्यविधि स्वीकृतिका लागि मन्त्रालयबाट स्वीकृत भएपछि कोषको लगानी कार्यविधि कार्यान्वयनमा ल्याइने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले नेपाल लाइभलाई बताए। 

‘हामीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार अगाडि बढाउन चाहिरहेका छौँ। सोही अनुसार हामीले कोषमार्फत ऋण प्रवाह तथा लगानीका लागि लगानी कार्यविधि कोषको समितिबाट पारित गरेर पठाइसकेका छौँ,’ कार्यकारी निर्देशक ज्ञवालीले भने। 

व्यक्तिदेखि संस्थासम्मलाई ऋण 
प्रचलित कानुन बमोजिम स्थापित बैंक वा वित्तीय संस्थाको जमानतमा शर्त र ब्याज तोकी कोषले व्यक्तिदेखि संस्था वा कम्पनीलाई ऋण दिने भएको छ। 

प्रचलित कानुन बमोजिम स्थापित भएका कम्पनी वा संस्थाहरुले नियमअनुसार कोषबाट ऋण लिन सक्छन्।

समितिले उपयुक्त ठहर्‍याएको क्षेत्रमा प्रचलित कानुन बामोजिम स्थापित बैंक वा वित्तीय संस्थाहरुसँग मिली सह-वित्तीयकरणको आधारमा धितो विभाजन गरी आपसमा भएको सम्झौताअनुसार संयुक्त रुपमा ऋण लिन पाउने व्यवस्था छ। 

त्यस्तै सामाजिक सुरक्षा योजनामा सहभागी भएका श्रमिक, स्वरोजगारमा संलग्न रहेका व्यक्ति, सरकारी सेवामा बहाल रहेको व्यक्ति वा सरकारी कोषबाट पारिश्रमिक पाउने व्यक्तिलाई तोकिए बमोजिम ऋण व्यवस्था छ। 

Ncell 2
Ncell 2

कुन-कुन क्षेत्रमा गर्छ कोषले लगानी? 
सरकारबाट स्वीकृत लगानीसम्बन्धी कार्यविधिको अधीनमा रही समितिले कोषको मौज्दात र सम्पत्तिको परिचालन गर्दछ। नेपाल सरकारको ऋणपत्रमा लगानी गर्ने, त्यस्तो ऋणपत्र खरिद/बिक्री गर्ने गर्दछ। 

नेपाल सरकारबाट ‘क’वर्गको इजाजतप्राप्त बैंक वा वित्तीय संस्थाको मुद्धति खाता वा दीर्घकालीन प्रकृतिका योजनामा लगानी गर्दछ। कोषले सेयरमा समेत लगानी गर्ने उल्लेख छ।

समितिले उपयुक्त ठहर्‍याएको प्रचलित कानुन बमोजिम स्थापित कम्पनी वा संगठित संस्थाले जारी गरेको डिभेन्चरमा लगानी गर्दछ। त्यस्तै स्वीकृत म्युच्युअल फन्डमा लगानी गर्ने र उपयुक्त स्थानको पहिचान गरी व्यवसायिक प्रयोजनको भवन निमार्ण गरी बहालमा दिने कार्य कोषले गर्दछ। आवश्यकता अनुसार अन्य विभिन्न उपयुक्त क्षेत्र छनोट गरी कोषले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। 

७ करोड ६५ लाखभन्दा बढी योगदान रकम संकलन
कोषमा ७ करोड ६५ लाखभन्दा बढी योगदान रकम संकलन भएको कोषले जनाएको छ। यो रकम पछिल्लो समय बढ्दै गएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए। 

‘कोषमा सूचीकृत हुन समय थप गरेपछि सूचीकृत हुन आउने रोजगारदाता तथा श्रमिकको संख्या बढ्दै गएको छ, सोही अनुसार कोषमा योगदान रकम पनि बढ्दै गइरहेको छ,’कोषका निर्देशक ज्ञवालीले भने। 

गत असोज मसान्तसम्म निजी क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिकहरु सूचीकृत भइसक्नु पर्ने समय तोकिएको थियो। सो अवधिमा सोचेअनुकुल श्रमिक तथा रोजगादाताको उपस्थिति हुन नसकेपछि कोषले पुनः एक महिनाको समय थप गरेको छ। 

आगामी मंसिर १३ गतेसम्म सम्पूर्ण रोजगारदाता तथा श्रमिक कोषमा सूचीकृत भइसक्नुपर्ने कोषले जनाएको छ। 

कोषमा ८ हजारभन्दा बढी रोजगारदाता र १ लाखभन्दा बढी श्रमिक सूचीकृत भइसकेका छन्। रोजगारदाता तथा श्रमिक सामाजिक सुरक्षा कोषमा सूचिकृत भइसकेपछि योगदानको रकम मासिक रुपमा कोषमा जम्मा गर्नुपर्ने हुन्छ।  जसमा श्रमिकले पाउँदै आएको न्यूनतम पारिश्रमिकबाट ११ प्रतिशत कट्टि गरी रोजगारदाताको तर्फबाट २० प्रतिशत थप गरी मासिक रुपमा कोषमा ३१ प्रतिशत रकम जम्मा गर्नु पर्दछ। 

योगदानकर्ताले कोषमा रकम जम्मा गर्न सुरु गरेपछि कोषका विभिन्न योजनाहरुमा योगदानकर्ताहरु समेटिने प्रावधान छ। कोषले प्रारम्भिक चरणमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बृद्धअबस्था सुरक्षा योजना गरी ४ वटा योजनाहरु अघि सारेको छ। 

कोषमा जम्मा भएको योगदानकर्ताहरुको रकमबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सूरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता योजनाका लागि १ दशमलब ४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि शून्य दशमलब २७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८ दशमलब ३३ प्रतिशत गरी कुल ३१ प्रतिशत रकमलाई बाँडफाँट गरेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  ०५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना
झुलाघाट नाका तीन दिन बन्द हुने
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना बुधबार, फागुन १३, २०८२
झुलाघाट नाका तीन दिन बन्द हुने बुधबार, फागुन १३, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना बुधबार, फागुन १३, २०८२
काँग्रेसप्रति सकारात्मक माहोल बनिरहेको छ: महामन्त्री पौडेल मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्–अब रोक्नुस् मंगलबार, फागुन १२, २०८२
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश मंगलबार, फागुन १२, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभा मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्