काठमाडौं- होटल संघ नेपाल (हान)ले 'नेपाल भ्रमण वर्ष २०२०'लाई लक्षित गरी विदेशी पर्यटकका लागि छुट योजना सार्वजनिक गरेको छ। नेपाल आउने सबै विदेशी पर्यटकका लागि उक्त छुट लागू हुनेछ।
हानका अनुसार नेपाल भ्रमण वर्षभर होटलले आफ्ना सबै कोठाको मूल्यमा ३० प्रतिशत छुट दिने भएका छन्। त्यस्तै, हानले खानामा सामेत १५ प्रतिशत छुटको व्यवस्था गरिएको जनाएको छ। पर्यटकलाई भ्रमण वर्षमा केही सहुलियत दिने सोचसहित छुटको घोषणा गरिएको हानको भनाइ छ।
यो छुट हानमा आवद्ध होटलले मात्र उपलब्ध गराउने छन्। हानमा ठूलो लगानीका पर्यटकस्तरीयदेखि तारे होटलहरु समेत आवद्ध छन्।
यसअघि भ्रमण वर्ष मूल आयोजक समितिको बैठकले सबै सरोकारवाला निकायबाट भ्रमण वर्षलाई लक्षित गरी के गर्न सकिन्छ भनी विवरण माग गरेको थियो। भ्रमण वर्ष मूल आयोजक समितिको उक्त प्रस्तावसँगै हानले यो निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।