काठमाडौं- यस साताको अन्तिम दिन बिहीबार मात्र कारोबार भएको पुँजीबजारमा ३ दशमलव १७ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक घटेसँगै पुँजीबजार १ हजार १ सय ४६ दशमलव १७ अंकमा रोकिएको छ। बिहीबार १ सय ५५ कम्पनीको १० लाख ६० हजार १ सय ९६ कित्ता सेयर ३ हजार ६ सय ३ पटक खरिद-बिक्री हुँदा २५ करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
होटल समूह, विकास बैंक समूह, उत्पादन समूह र अन्य समूहको उपसूचक क्रमशः ६ दशमलव ९९, १ दशमलव ९७, १३ दशमलव ६६ र २ दशमलव ५१ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ४० अंकले घटेको छ।
प्राइम कमर्सियल बैंकको प्रोमोटर सेयरको सबैभन्दा धेरै ६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी मेगा बैंक लिमिटेडको २ करोड २२ लाख ७६ हजार र प्रभु बैंक लिमिटेडको १ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार सबैभन्दा धेरै कमाउनेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव ७५ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा नबिल इक्विटी फन्डका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९३ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।