काठमाडौं- उपभोक्ताको रोजाइमा एसयुभी ‘फ्लेवर’का सवारी पर्न थालेसँगै सवारी उत्पादकहरुले त्यही सेगमेन्टका सवारी उत्पादनलाई प्राथमिकता दिँदै आएका छन्। एसयुभी (स्पोर्टस् युटिलिटी भेइकल) महगो हुने भएकाले त्यही सेगमेन्टमा सस्तो सवारीको उत्पादन बढ्दै भएको छ।
यस्तैमा भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले मिनी एसयुभीको नाममा नयाँ सवारी सार्वजनिक गरेको छ। मारुतीले सार्वजनिक गरेको एसप्रेसो केही समय पछि नेपाली बजारमा समेत सार्वजनिक हुँदैछ।
नेपालका लागि मारुती सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले एसप्रेसोको प्रिबुकिङ समेत खुल्ला गरिसकेको छ। सोही मिनी एसयुभी एसप्रेसोको डिजाइन, इन्जिन क्षमतालगायत बारेमा उल्लेख गरिएको छ।

डाइमेन्सन
एसप्रेसो आफ्ना प्रतिस्पर्धीको तुलनामा केही अग्लो देखिन्छ। तर पनि यो कार सानै आकारमा रहेको छ। यो कारको लेन्थ ३५ सय ६५ एमएम, वाइड १५ सय २० एमएम र १५ सय ६४ एमएम हाइट छ। एसप्रेसोको ह्वीलवेस २३ सय ८० एमएम छ। यो कारमा २ सय ७० लिटर बुट स्पेस उपलब्ध छ।
एक्सटेरियर/इन्टिेरियर
एसप्रेसो टल व्वाई डिजाइनमा आधारित छ। यो डिजाइट सब कम्प्याक्ट एसयुभी भिटारा ब्रेजाबाट लिइएको कम्पनीको भनाइ छ। एसप्रेसोको टप इन्डमा भेरियन्टमा पुरै कालो क्याविन रहेको छ। ७ इन्च डिस्प्ले सहितको इन्फोटेनमेन्ट सिस्टम छ।
इन्जिन तथा फ्युल इफिसियन्सी
यो कार स्वीफ्ट, बलेनो तथा वेगनआरको इन्जिन वेसमा बनाइएको हो। यो मिनी एसयुभी एउटा पावरट्रेनमा आधारित छ। १ लिटर तीन सिलिन्डर पेट्रोल इन्जिनमा उपलब्ध यो कार ५ स्पिड म्यानुअल तथा अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ।
यो इन्जिनले ६८ पिएस पावर र ९० एनएम टर्क दिन्छ। यो कार बिए–६ स्ट्यान्डर्डमा आएको हो। एसप्रेसो एसटिडी र एलएक्सआइले २१.४ किलोमिटर प्रतिलिटर र भिएक्सआइ तथा भिएक्सआइप्लसले २१.७ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी कम्पनीको छ।
सुरक्षा विशेषता
यो कारमा भारत सरकारले तोकेको सुरक्षा विशेषता उपलब्ध रहेको छ। यसमा ड्राइभर साइड एयरब्याग, सिटबेल्ट रिमाइन्डर, रेयर पार्किङ सेन्सर, इबिडी सहितको एबिएस, हाइ स्पिड अलर्ट सिस्टल लगायत विशेषता रहेको छ। हाइइन्ड भेरियन्टमा प्यासेन्जर एयरब्याग समेत उपलब्घ छ।
मूल्य र प्रतिस्पर्धी
मारुती सुजुकीको मिनी एसयुभी एसप्रेसोको सुरुवाती मूल्य ३ लाख ६९ हजारदेखि ४ लाख ९१ हजार भारुसम्म तोकिएको छ। यो कार आफ्नो छुट्टै विशेषतामा आधारित छ।
यद्यपि, एसप्रेसोको प्रतिस्पर्धीको रुपमा रेनो क्विड, ड्याटसन रेडिगोलगायतलाई लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।