• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ २४, २०८२ Sat, Feb 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

किन घट्यो लक्ष्मीपूजामा विद्युत माग? 

आधा रातसम्म कुलमान काममै
64x64
नेपाल लाइभ सोमबार, कात्तिक ११, २०७६  १४:१३
1140x725

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको अनुमान थियो, यसपटकको लक्ष्मीपूजामा विद्युत् खपत बढेर हालसम्मकै उच्च बिन्दुमा पुग्नेछ। तर, वर्षभरमा नै सबैभन्दा बढी विद्युत् खपत हुने लक्ष्मीपूजाका दिन अनुमान गरिएभन्दा कम मात्र विद्युत् खपत भएको छ। 

वर्षभर नै सबैभन्दा बढी विद्युत् खपत लक्ष्मीपूजाका दिन हुन्छ। प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत् माग उच्च हुने र १ हजार १ सय ९० मेगावाट विद्युत् खपत हुने अनुमान गरेको थियो। तर, वास्तविक खपत भने गत वर्षको भन्दा पनि कम देखिएको छ। गत वर्ष लक्ष्मीपूजाका दिन साँझ अधिकतम १ हजार १ सय ५ मेगावाट पुगेको विद्युत् खपत यस वर्ष भने १ हजार ८९ मेगावाट मै खुम्चिएको छ। 

२०७४ सालको तिहारका बेला देशभरको विद्युत माग १ हजार १ सय ७५ मेगावाटसम्म पुगेको थियो। तर २ वर्ष अवधिमा विद्युतमाग ८६ मेगावाटले घटेको छ। 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार प्राधिकरणले विद्युत् माग व्यवस्थापनका लागि कुलेखानी जलाशययुक्त आयोजना पूर्ण क्षमतामा चलाउने र अपुग विद्युत भारतबाट आयात गर्ने तयारी गरेको थियो। भारतबाट २० मेगावाट मात्रै विद्युत ल्याउने र बाँकी माग स्वदेशकै विद्युतबाट धान्ने प्राधिकरणको तयारी थियो। 

माग व्यवस्थापन गर्न प्राधिकरण मातहतका आयोजनाबाट ५ सय ४६ मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ४ सय ३५ मेगावाट व्यवस्थापन गरिएको थियो भने भारतबाट १ सय ७ मेगावाट आयात भयो। 

सुख्खायाममा विद्युत् माग पूर्तिका लागि खोलिने कुलेखानी तिहारको समयमा पनि खोलिएपछि माग व्यवस्थापन गर्न थप सहज भएको हो। जसका कारण अघिल्लो वर्ष सोही समयमा ३ सय ३५ मेगावाटसम्म भारतबाट आयात भएको विद्युत यस वर्ष १ सय ७ मेगावाटमा खुम्चिएको हो। 

प्राधिकरण मातहतका तीन वटा जलाशययुक्त आयोजनाहरु कुलेखानी-१, कुलेखानी-२ र कुलेखानी-३ बाट उत्पादित १ सय २ मेगावाट विद्युतबाट तिहारको समयमा हुने माग धान्न सहज भएको प्रवक्ता अधिकारी बताउँछन्। त्यस्तै यस वर्ष मात्र राष्ट्रिय प्रसारणलाइनमा थपिएको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए र निजी क्षेत्रका १ दर्जन बढी आयोजनाहरु राष्ट्रिय प्रसारणलाइनमा थपिए। जसका कारण मुलुकभित्रकै विद्युतले माग धान्न सहज भयो।

विद्युत प्राधिकरणले हरेक वर्ष १० प्रतिशतका दरले विद्युत माग बढ्ने प्रक्षेपण गरेको छ। तर प्राधिकरणको उक्त प्रक्षेपण भने मिलेको देखिँदैन। गत आर्थिक वर्षमा मात्रै करिब ४ लाख ग्राहक बढेका छन्। किन यस्तो भयो त? अधिकारी भन्छन्,‘विद्युत चुहावट घटेको छ। प्राविधिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाइएको छ। तिहारको समयमा अघिल्लो वर्षको तुलनामा जाडो नबढिसकेका कारण पनि विद्युत खपत कम भएको हो।’

Ncell 2
Ncell 2

विद्युत चुहावटको विषय विद्युत प्राधिकरणको मुख्य चुनौतीका रुपमा रहँदै आएको छ। जसका कारण माग व्यवस्थापन गर्न प्राधिकरणलाई सकस हुन्छ। तर, पछिल्लो ३ वर्ष अवधिमा मात्र विद्युत चुहावट १० प्रतिशतले घटेको छ। 

वितरण प्रणालीमा हुने चुहावट, सबस्टेशन र प्रसारणलाईनमा हुने चुहावटलाई प्राधिकरणले निकै हदसम्म घटाएको छ। हुकिङ, मिटरमा हुने चुहावट तथा अन्य अप्राविधिक चुहावटलाई प्राधिकरणले १५ प्रतिशतमा झारेको छ। यसरी ग्राहक बढेपनि चुहावट नियन्त्रण र मुलुकभित्रकै उत्पादन बढेपछि माग व्यवस्थापन गर्न सहज भएको प्रवक्ता अधिकारी बताउँछन्। 

आधा रातसम्म कुलमान काममै
हामीले झिलीमिली बत्ती बालेर लक्ष्मी पूजा गरिरहँदा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहित उच्च तहका कर्मचारी प्राधिकरणको स्युचाटारस्थित भारप्रेषण केन्द्रमा आफै मास्टर कन्ट्रोल स्टेसनमा बसेर माग र आपूर्तिको अवस्थाबारे जानकारी लिइरहेका थिए। तिहारमा सबैतिर झिलीमिली होस् भन्नकै लागि प्राधिकरणका कर्मचारीलाई सार्वजनीक छुट्टीको दिन पनि बिदा बस्न दिइएको छैन। घिसिङले राती अबेरसम्म स्युचाटार भारप्रेषण केन्द्रमा बसेर मुलुकभरको विद्युत आपूर्ति व्यवस्थापन बारे जानकारी लिएका थिए। 

राती बिस्तारै विद्युत माग कम हुँदै गएपछि घिसिङले हलचोक डाँडामा गएर झिलिमिली भएको काठमाडौं उपत्यकाको अवलोकनसमेत गरे। 

कुलमाल घिसिङ आफूमात्र होइन, उपकार्यकारी निर्देशकहरु, निर्देशकहरु, वितरण शाखा प्रमुखहरुलगायत प्राधिकरणका सबै कर्मचारीलाई ‘अलर्ट’भएर बस्न निर्देशन दिएका थिए। कुनै ठाउँमा समस्या आईहाले प्राविधिकसहितको टोली तत्काल खटिने व्यवस्था मिलाइएको थियो। 

आइतबार बाँकेको कोहलपुर–गुलरिया, रुपन्देहीको बुटवल–नयाँमिल, सुनसरीको दुबही–धरान र काठमाडौंमो चपली–शिवपुरी प्रसारणलाइनमा केहि समस्या देखिएको थियो। तर केही समयभित्रै ती सबै स्थानमा विद्युत प्रवाह सहज बनाउन प्राधिकरण सफल भएको थियो। 

उपत्यकाका केही ट्रान्सफर्मरहरुमा पनि समस्या देखिएको थियो। तर लामो समय बत्ती नै काटिने अवस्था भने उपत्यकाका कुनै पनि स्थानमा सिर्जना भएन।

प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६  १४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन शनिबार, माघ २४, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? शनिबार, माघ २४, २०८२
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना शनिबार, माघ २४, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
मौसम विभागसँग निर्वाचन आयोगले सोध्यो- फागुनमा पानी पर्छ कि पर्दैन? शुक्रबार, माघ २३, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्