काठमाडौं- सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजवीन आयोगका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच बालुवाटारमा बैठक बसिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ लगायत शीर्ष तहका नेताहरू छन्।
प्रमुख प्रतिपक्ष दलबाट कांग्रेस सभापति शेर बहादुर देउवा मात्रै सहभागी भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए।
सिफारिस समिति ६ महिना बनेपनि हालसम्म दुवै आयोगका सदस्य सिफारिस गर्न सकेको छैन।
दुई दलका शीर्षहरु विच आयोगका पदाधिकारी चयनका विषयमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।