काठमाडौं– मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन राष्ट्रिय जनता पार्टीले जिल्ला अध्यक्ष मण्डललाई निर्देशन दिएको छ।
उसले विभिन्न पदका लागि हुने उपनिर्वाचन प्रयोजनका लागि आ–आफ्नो जिल्लामा प्रत्येक पदको लागि ३-३ वटा सम्भावित उम्मेदवार नाम पठाउन निर्देशन दिएको हो।
'जिल्ला अध्यक्ष मण्डलको सबै सदस्यहरुलाई अनिवार्य रुपमा बैठकको जानकारी गराई, बैठक बसी, बैठकबाट छनौट गरी उम्मेदवारको नामावली २०७६ कार्त्तिक १३ गते अपराह्न ५ बजे सम्ममा अनिवार्य रुपमा राजपाको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा पठाउन हुन निर्देशन गरिन्छ', जिल्ला अध्यक्ष मण्डललाई दिइएको निर्देशनमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।