काठमाडौं- एनआरएनए सम्मेलनमा दिउँसो सुरु हुने गरी तय भएको मतदान कार्यक्रम निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको छ।
बुधबार बेलुका सवा ८ बजे होटल हायातमा मतदान सुरु भएको हो।
यसअघि सम्मेलनमा मतदानका लागि उपस्थित प्रतिनिधिले नाराबाजी समेत गरेका थिए।
विद्युतीय मतदान हुने सम्मेलनमा जम्मा २ हजार ६ सय ५६ जना प्रतिनिधि छन्।
विश्वका विभिन्न ८१ देशबाट सम्मेलनका लागि राजधानी होटल हायातमा उनीहरू उपस्थित भएका छन्। नाराबाजी भएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
मोबाइलसमेत आफ्नो साथमा राखेर मतदानस्थलमा प्रवेश गर्न प्रतिनिधिहरूलाई रोक लगाइएको छ।
समयमा मतदान माग गर्दै सुरू नभएको र राजनीतिक भागबन्डा हुने गरेको भन्दै केही प्रतिनिधिले नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
आफूखुशी विधानको परिवर्तन गर्न खोजिएको र मतदान सुरु नगर्ने खेल भएको भन्दै नाराबाजी सुरु गरिएको बतायएको थियो।
उनीहरूले 'निर्वाचन बहिस्कार गरौं' भन्दै नारासमेत लगाएका थिए।
पछि प्रहरीले बल प्रयोग गरी नाराबाजीलाई तितरबितर पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।