काठमाडौं- एनआरएनए सम्मेलनमा दिउँसो सुरु हुने मतदान बेलुका साढे सातसम्म पनि सुरु नभएपछि नाराबाजी सुरु भएको छ।
समयमा मतदान माग गर्दै सुरू नभएको र अब निर्वाचन गर्नुको अर्थ नरहेको भन्दै नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो।
आफूखुशी विधानको परिवर्तन गर्न खोजिएको र मतदान सुरु नगर्ने खेल भएको भन्दै नाराबाजी सुरु गरिएको थियो। उनीहरूले निर्वाचन बहिस्कार गरौं भन्दै नाराबाजी समेत गरेका थिए।
नाराबाजी भएपछि प्रहरीले बल प्रयोग गरी नाराबाजीलाई तितरबितर पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।