काठमाडौं- आजदेखि काठमाडौंमा सुरु भएको गैर आवसीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो कार्यक्रम स्थलमा देखिएका छैनन्।
सम्मेलनमा सहभागी नेपाल लाइभका संवाददाताद्वय सविन मिश्र र लिलु डुम्रेका अनुसार महतो कार्यक्रम स्थलमा उपस्थित भएका छैनन्।
उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, निवर्तमान अध्यक्ष शेष घले, अध्यक्ष भवन भट्ट र नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा मञ्चमा देखिए पनि महतो देखिएका छैनन्। यसैगरी, सम्मेलन स्थलमा महतोबाहेक संघका सवै पूर्वअध्यक्षहरु भने उपस्थित रहेका छन्।
सम्मेलनमा विश्वका ८१ देशबाट झन्डै २ हजार ५ सय भन्दा बढी एनआरएनका सदस्यहरु सहभागी भएका छन्।
'नेपालका लागि नेपाली' भन्ने नाराका साथ सुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।