काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सिन्धुपाल्चोकको भोटसिपामा बस दुर्घटना। काठमाडौ आउँदै गरेको बस पल्टँदा कम्तीमा ११ को मृत्यु ५८ जना घाइते।
२) महरा विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दायर हुने। रोशनीसँग पारिवारिक सम्बन्ध रहेको महराको बयान।
३) चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा रेलदेखि सुरुङमार्गसम्म सम्झौताको तयारी। करिब १५ आयोजना मन्त्रिपरिषद्वारा अनुमोदन।
४) यस वर्षको नोवल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अहमदलाई। दुई देशको सिमामा शान्ति कायम गरेका भन्दै सम्मान
५) नयाँ टी–२० वरियता नेपालका तीन खेलाडी पहिलो पटक समावेश। सन्दीप, करण र अविनाश समावेश भए।
६) साउदी अरबको बन्दरगाह नजिकै इरानी तेल ट्याङ्करमा मिसाइल आक्रमण। इरानमाथि नै अमेरिकी आशंका।
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।