काठमाडौं- पूर्वराष्ट्रपति रामवरण यादवले संविधान संशोधन गरेर संविधानमा सबैको अपनत्व कायम गर्ने बाटोमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।
काठमाडौंमा सुरु प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलनको शुक्रबार उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले सरकार र नेतृत्वमा रहेका राजनीतिक दलहरुले संविधानमा भएको त्रुटी सच्याएर अघि बढ्नुपर्ने धारणा राखेका हुन्।
जनताको ठूलो बलिदानबाट प्राप्त संविधानलाई सर्वस्वीकार्य बनाउँदै सबैले अपनत्व महसुस गर्नेगरी संविधानमा भएका त्रुटीहरुलाई सच्याउनुपर्नेमा उनले जोड दिए। संविधान संशोधन गर्न तत्परता नदेखाउने हो भने प्राप्त उपलब्धिलाई सबैले महसुस गर्न नपाउने र कार्यान्वयनमा पनि जटिलता उत्पन्न हुनसक्ने भन्दै उनले त्यसतर्फ सरकार र राजनीतिक दलले विवेक पुर्याउनुपर्ने बताए।
सम्मेलन शनिबारसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।