काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चिनियाँ राष्ट्रपति भारत हुँदै नेपाल आउनुलाई त्रिदेशीय सम्बन्धको थप उचाइ भएको बताएका छन्।
चितवनको माडीमा बोल्दै प्रचण्डले राष्ट्रपतिको तहमा २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सामान्य भ्रमण नभएको जिकिर गरे।
दुई देशका बिचमा यस अवधिमा धेरै परिवर्तन आएको उनको भनाइ छ। उनले भने, ‘चीनका राष्ट्रपतिको भ्रमण सामान्य छैन। नेपालमा युगान्तकारी परिवर्तन भएका छन्। चीनमा पनि सी चिनफिङको नेतृत्वमा अभुतपूर्व विकास भएको छ। चीन विश्वमा आर्थिक रुपमा पहिलो देश बन्ने तयारीमा छ।’
माडीसँग भावानात्मक नाता रहेको बताएका प्रचण्डले राष्ट्रिय निकुञ्जका कारण जनतालाई परेका समस्या समाधानमा तत्पर रहेको जनाए। 'कहिलेकाहीँ निकुञ्ज यहाँका जनताका लागि अभिशापसमेत बन्ने गरेको छ,' उनले भने।
माडीमा असफल भए आफ्ना लागि ठूलो असफलता हुने प्रचण्डको भनाइ छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।