काठमाडाैं- नेपाली कांग्रेसले पार्टीबाट गाउँपालिकामा विजयी भएका अध्यक्ष, उपाध्यक्षहरुलाई प्रशिक्षण दिने भएको छ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गर्ने प्रशिक्षणमा जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख र सम्बन्धित गाउँपालिका कार्यसमिति सभापतिलाई समेत प्रशिक्षणमा बोलाइएको छ।
भक्तपुरस्थित कृषि विकास बैंकको तालिम केन्द्र बोडे मध्यपुर ठिमीमा कार्तिक १ र २ गते प्रशिक्षण हुने भएको छ।
प्रशिक्षणमा प्राथमिकतामा राखिने अवधारणाः
वर्तमान राजनीतिक परिवर्तन र संविधानका मौलिक तत्वहरु
पालिका तहका अधिकार र कर्तव्य
गाउँपालिका, प्रदेश र संघबीचको सम्बन्ध र साझा अधिकार
योजना र बजेट तर्जुमा
स्थानीय तहमा निर्वाचित र स्थानीय पार्टी इकाई कार्यसमितिसँग समन्वय
आगामी निर्वाचनहरुका लागि आधार निर्माण
स्थानीय तहमा निर्वाचितहरुले सामना गरिरहेका समस्याहरु
नेपाली कांग्रेसको विधान, राजनीतिक र आर्थिक नीतिहरुबारे संक्षिप्त जानकारी
संघीय सरकारका असफलताहरु।
गत वर्ष प्रतिष्ठानले नेपाली कांग्रेसबाट नगरपालिकामा विजयी प्रमुख र उपप्रमुखहरुका लागि प्रशिक्षण कार्यक्रम गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।