• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ह्विलचेयरमा फर्किएका मनोज भन्छन्- स्वास्थ्य ठिक भयो र आमाले जा भन्नुभए फेरि विदेश जान्छु

64x64
नेपाल लाइभ शुक्रबार, असोज १७, २०७६  १९:१३
1140x725

काठमाडौं- बादलले चारैतिर घेरेको थियो। दिउँसै घाम अस्ताएजस्तै अँध्यारो परिवेश थियो। नेपाल एअरलाइन्सका एक कर्मचारी ह्विलचियर ठेल्दै बाहिरिए। 

ह्विलचेयर थिए, महोत्तरी जेलश्वर नगरपालिका बस्ने मनोजकुमार मण्डल। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट बाहिरिने बित्तिकै आकाशबाट पानी बर्सियो। 

मनोजलाई पानीले भिजायो। पानीले भिजाएजस्तै उनका आँखामा आसुले थोरै भिँजाएको देख्न सकिन्थ्यो। गहभरी आँशु टिलपिलाइरहेको थियो। सायद मनोजको मनसँगै प्रकृति पनि रोइरहेको थियो। 

ह्विलचियर ठेल्दै ल्याएका सहयोगीले मनोजलाई पानीबाट ओत लाग्ने ठाउँतिर ताने। ओत लागेर बसेको ठाउँसम्म बाछिट्टाले भिजाइरहेको थियो। मनोज बाछिटासँग तर्कन खोज्दै वरपर हेरिरहेका थिए। 

'तपाईँ भिज्नु भयो त, तपाईँलाई लिन कोही आउनु भएको छैन?' नेपाल लाइभकर्मीको प्रश्नमा मनोजले जवाफ फर्काए, 'मेरो गाउँको भाइ एतै बस्छ। ऊ नै लिन आउँदैछ।' एकैछिनको मौनतापछि उनले भने, ‘भाइ कहाँ आइपुग्यो, फोन लगाइदिनुस् न।’ 

मनोजले एउटा कागजको टुक्रामा भाइको नम्बर लेखेका रहेछन्। कागजको टुक्रा अघि बढाउँदै उनले भने, 'नम्बर यही हो।' 

'त्यहाँ पनि लेखिएको छ, हेर्नुस्,' त मनोजले देखाए। कागजमा लेखिएको नम्बर राम्रोसँग बुझिएन। भाइकै नम्बर उनले ट्रलीमा राखेर ल्याएको एलइडी टेलीभिजनको कभरमा पनि लेखिएको रहेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यहाँ लेखिएको थियो, मनोजकुमार मण्डल। फ्रम जोहोर मलेसिया टु काठमाडौं नेपाल। त्यसको तल एउटा फोन नम्बर लेखिएको थियो। 

मैले त्यो नम्बर डायल गरेँ। फोन लाग्यो। मनोजले कुरा गरे। पानी निकै ठूलो परेकाले उनका भाई ओत लागेर बसिरहेको सुनाए। भाइ नआइपुगुन्जेल उनी त्यहीँ रहनुपर्ने भयो। ‘दुखीलाई जहाँ जसले पनि हेप्छ भन्थे, आज नेपाल आएपछि पानीले पनि हेप्यो,’ मनोज बोले। 

मनोजका बारेमा थप जान्न मन लागिरहेकै थियो झन् थपियो। रोजगारीका लागि मलेसिया पुगेका मनोज कसरी फर्किए ह्विलचेयरको सहारामा? मैले उनलाई सोधेँ, 'मलेसियाबाट तपाईं एक्लै आउनु भएको हो?' कम्पनीका कर्मचारीहरुले उनलाई एअरपोर्टसम्म छाडिदिएपछि मनोज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म आइपुगेका रहेछन्। 

ह्विलचेयरमा फर्किएका मनोजले मलेसियाको कोसेली ल्याउन पनि छुटाएका थिएनन्। एक थान एलइडी टेलिभिजन र सुटकेसमा केही सामान थिए। त्यसभित्र केके थियो मनोजले सुनाएनन्। 

‘५ वर्षपछि घर आउँदैछु। रित्तै त कसरी आउनु भनेर अलिअलि सामान ल्याएको,’ उनको मुहारमा थोरै मुस्कानको धर्सा थपियो। ‘जाँदा यहाँबाट सद्दे गएको आउँदा हिड्न पनि ह्वेलचेयर र बैसाखीको सहारा लिनु पर्ने भयो,’ मनोजले भने।
 
त्यसपछि मनोज आफ्नो विगततर्फ बहकिए। परदेशको भोगाइले उनलाई बाल्यकालको स्मरणमा लगेर फुत्त छाडिदियो। त्यसपछि मनोजले विगत सुनाउन सुरु गरे।

000

२९ वर्ष अघि महोत्तरी जलेश्वर नगरपालिकास्थित सामान्य परिवारमा  जन्मिएका मनोजको जीवन अभावै अभावमा जेलियो। त्यसमाथि उनी सानै छँदा बुबाको निधनले मनोजमाथि थप जिम्मेवारी थपियो। बुबाको अनुहार कस्तो थियो भनेर मनोज अड्कल लगाउन पनि सक्दैनन्। उनी हुर्कँदै गर्दा उनका बुबाको मृत्यु भएको थियो। 

घरमा आमा र दाजु हुनुहुन्थ्यो। मनोजले प्राथमिक तहसम्मको अध्ययन गरे। त्यसपछि उनी गाउँकै एक नीजि विद्यालयमा कार्यालय सहयोगीका रुपमा काम गर्न थाले। यो कुरा लगभग १५ वर्ष अघिको हो। उनको मासिक तलब १ हजार थियो। 

घरमै खाएर बसेर काम गर्दा पनि उनलाई मासिक १ हजार तलबले खासै केही पुगेन। लगभग २ वर्ष उनले सोही विद्यालयमा काम गरे। उनका दाजु एक नीजि विद्यालयमा नै कार्यालय सहयोगीका रुपमै कार्यरत थिए। घरको र आमाको रेखदेख गर्नका लागि दाजु भएपछि मनोजले आफ्नो सोच बदले। परदेश पुगेर टन्न पैसा कमाउने योजना अनुसार उनी परदेश हिडेँ। 

रोजगारीका लागि कतार पुगेका मनोजले कतारमा ५ वर्ष काम गरे। कतारबाट फर्किएर मनोज २ वर्षसम्म घरमै बसे। ‘कतारको लतले घर बस्नै सकिनँ। घर बसेर पनि के गर्नु थियो र कतार जाँदा धेरै कमाई भएको थिएन। थोरै कमाएको रकम पनि ऋण तिर्दै ठिक्क भएको थियो त्यसपछि विदेश जानु पर्ने त मेरो बाध्यता नै थियो। म फेरि कुनदेश जाने भनेर सोच्न थालेँ’ उनी सुनाउँछन्। 

कतारबाट फर्किएका मनोज दुई वर्षपछि पुनः वैदेशिक रोजगारीमा जाने सोच बनाएर काठमाडौं आए। म्यानपावर तथा एजेन्टकै सल्लाह अनुसार उनी ५ वर्ष अगाडि मलेसिया पुगेका हुन्। ‘मलेसियामा हावापानी पनि राम्रो छ, कतारको भन्दा कमाई पनि एकदम राम्रो छ भनेर म्यानपावरले पनि सुनायो त्यसपछि म मलेसिया जान तयार भएँ,’ मनोजले भने। त्यसपछि मनोज २०७१ साल भदौमा एक्का म्यानपावर कम्पनीमार्फत मलेसिया उडे। 

000

तलब १२ सय रिंगिटसहित खाने बस्ने सुविधा सुनाइएको थियो। काम इलेक्ट्रिक सेक्टरमा भनिएको थियो। इलेक्ट्रिक कामका लागि मनोजसँग सिप भने थिएन। तर सजिलो काम भनेर सुनाइएपछि उनी १ लाख ६० हजार तिरेर मलेसिया पुगेका थिए। मलेसियामा भ्याकुम बनाउने कम्पनीमा थियो। तलब मासिक ९ हजार रिंगिट थियो। खाने खर्च आफ्नै थियो। 

मनोजले काम राम्रो गर्दै गएपछि उनको तलब बढेर मासिक १२ सय रिंगिट भएको थियो। काम र कमाई पनि ठिकै भएकाले मनोज करार अवधि सकिएपछि पनि नेपाल फर्किएनन्। करार अवधि सकिएको २ वर्ष भएको थियो। २०१९ जुलाई २५मा उनी कार्यस्थल दुर्घटनामा परे। 

काम गर्दा गर्दै मेसिन झरेर खुट्टामा लाग्यो, त्यसपछि के भयो मलाई थाहा छैन मनोजले सुनाए। होसमा आउँदा उनी अस्पतालको शय्यामा थिए। अस्पतालले नै उनको दायाँ खुट्टाको हड्डी भाँचिएको पुष्टि गर्‍यो। मनोजका दुई महिनासम्म कहिले अस्पताल त कहिले डेरा गर्दै बिते। मलेसियास्थित अस्पतालमा उपचार गर्दा लागेको खर्च कम्पनीले नै व्यहोर्‍यो। तर उनको खुट्टा भने सञ्चो नै भएन। 

‘उपचार नराम्रो भएर हो कि किन हो, मेरो खुट्टा नै सञ्चो भएको छैन, सुनिएर ठूलो भएको छ, अब ठीक हुने हो कि नहुने हो,’ मनोजलाई आफ्नो खुट्टा सञ्चो हुने हो कि नहुने हो भन्ने चिन्ता छ। दुई महिनासम्म उपचार गर्दा पनि कुनै परिवर्तन नआएपछि मनोज नेपाल फर्किए। 

‘नेपालमा काम पनि पाइँदैन न त कमाई नै राम्रो छ, के गर्नु त्यहाँ सञ्चो भएको भए म फर्किनै पर्दैन थियो। काम गरेर खाने मान्छे यो अबस्थामा पुगेँ,’ उनले भने, आमाले धेरै चिन्ता गर्नु भयो, जति खर्च लागेपनि उपचारका लागि यतै आउ भनेपछि म पनि नेपाल नै फर्किएँ।’

आमाकै खुसीको लागि परदेश पुगेका मनोज आमाकै खुसीका लागि मलेसियाबाट उपचारका लागि स्वदेश फर्किए। 

‘म नेपाल नआएसम्म आमाले शान्तिसँग खाना पनि खानु भएन, धेरै चिन्ता लिनुभयो भनेर दाइले फोन गरिरहनुहुन्थ्यो, फोनमा बोल्दा पनि आमा रोएको मात्रै सुनिन्थो। त्यसपछि म मलेसियाबाट एक्जिट भएँ,’ उनी भन्छन्, ‘अब राम्रोसँग उपचार गराउँछु खुट्टा सञ्चो भयो र आमाले जा भन्नु भयो भने फेरि विदेशमै जान्छु।'

‘नेपालमा  मजस्ताले के काम पाउने? काम पाए पनि तलब कम छ। खान लगाउन पनि पुग्दैन,’ मनोज गुनासो गर्छन्। 

वैदेशिक रोजगारीका क्रममा करार अवधिमै दुर्घटनामा परी अंगभंग भएका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत वैदेशिक रोजगार बोर्डले अधिकतम ७ लाखसम्म विरामीको प्रकृति हेरी उपचार खर्च स्वरुप आर्थिक सहायता दिँदै आएको छ।

तर मनोज जस्तै गरी करार अवधि सकिएपछि पनि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरु दुर्घटनामा परेमा उनीहरुलाई बोर्डले आर्थिक सहायता दिँदैन। नेपालमा लागेको उपचार खर्च मनोज आफैँले बेहोर्नु पर्दछ। मनोज भन्छन्, ‘करार अवधि सकिएपछि पनि नेपाल नफर्कि निरन्तर काममै लागेँ, दुर्घटनामा पनि त्यसपछि नै परेँ, कमाएको रकम आफ्नै उपचारमा ठिक्क हुने भयो।’

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  १९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्