काठमाडौं– हिन्दी चलचित्र उद्योगमा बायोपिक र वास्तविक घटनामा आधारित फिल्म निर्माणको होडबाजी चलिरहेको छ।
'मेरी कोम',भाग मिल्खा भाग, दंगल, धोनीजस्ता फिल्म सफल भएपछि यस्तो ट्रेन्ड नै सुरु भएको हो। ‘आजको दर्शन फिल्म वास्तविक जिन्दगीको झलक देख्न चाहिरहेको छ, अब हिन्दी सिनेमामा बलिउड ढर्रा समाप्त भएको छ। अब दर्शकहरू फिल्मसँग कुनै न कुनै रुपमा जोडिएको भावना हेर्न चाहन्छन्,’ प्रख्यात निर्देशक मिलन लुथरियाले भने।
लुथरिया त्यही निर्देशक हुन जसले २०११ मा सिल्क स्मिताको जीवनीमा आधारित भएर ‘द डर्टी पिक्चर’ निर्माण गरेका थिए। विद्या बालनलाई फिल्मले धेरै प्रशंसा दिलाएको थियो। बालनले यही फिल्मबाट तीन राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेकी थिइन्।
यो वर्षमात्र हिन्दी फिल्म उद्योगमा वास्तविक घटनामा आधारित करिब १० फिल्म बने। मिसन मंगल, बाटला हाउस, उरी–द सर्जिकल स्ट्राइक, ठाकरे, द एक्सिडेन्टल प्राइम मिनिस्टर, सुपर ३०, केसरी,पिएम नरेन्द्र मोदी र ताशकन्द जस्ता चलचित्र यसका उदाहरण हुन्।
अब यो वर्षको अन्त्यसम्म तीन अन्य फिल्महरू आउँदै छन्। प्रियंका चोपडाको स्काई इज पिंक, सुटर दादियोंमा आधारित 'सान्ड की आँख' र आशुतोष गवारिकको फिल्म 'पानीपत' आउँदै छ। मंगल पाण्डेय, राजा रवि बर्माको जिन्दगीमा आधारित रंग रसिया , सरदार पटेल र दशरथ माझीको कथामा आधारित माझी द माउन्टेन म्यान जस्ता चार बायोपिक फिल्म बनाएका केतन मेहता यस्ता चलचित्र निर्माणबाट खुसी नै देखिन्छन्।
उनका अनुसार यस्ता बायोपिक फिल्मले मानिसले आफ्नो समयमा गरेको योगदान र मान्यतलाई ताजगी गराउने गर्दछन्।
फिल्म समीक्षक अजय ब्रहात्मज भने अहिले बनेका बायोपिक फिल्म सही नभएको तर्क गर्छन्। अहिलेसम्म बनेका यस्ता फिल्महरू कि त खेलाडी कि सेनासँग जोडिएका वा विशिष्ट व्यक्तिको मात्र छ, यो साँचो बायोपिक होइन भन्ने उनको भनाइ छ। बलिउड सधैं भेडाझैं चलिरहेको छ जहाँ निश्चित फर्मुलाका आधारमा चलचित्र बनाइन्छ।
फिल्म कारोबारको जानकारी राख्ने अमोद मेहराको भनाइ पनि यस्तै छ। अहिलेसम्म जति बायोपिकमा आधारित फिल्म निर्माण भएका छन् ती अधिकांश खेलाडीकेन्द्रित मात्र भएको उनको अनुभव छ।
‘भाग मिल्खा भाग, मेरी कोम र 'धोनी' जस्ता चलचित्र सफल भएको भनिए पनि यी वास्तवमा असफल हुन्, ’ उनले भने, ‘हक्की खेलाडी सन्दीप सिंहमाथि बनेको फिल्म 'सुरमा और अजहर' कसरी असफल भयो ,यो संगै बायोपिक ट्रेन्डमा कमि आएको छ।’
बायोपिक फिल्मको इतिहास हिन्दी सिनेमा भन्दा धेरै पुरानो मानिन्छ। वरिष्ठ पत्रकार जयप्रकाश चौकसीले साइलेन्ट फिल्मको समयमा पनि बायोपिक बनेको बताए।
कवि र सन्तहरूको कयौं बायोपिक बनेको छ। सन्त तुकाराम,सन्त कालिदास र सन्त ज्ञानेश्वर यस्ता फिल्मका उदाहारण हुन्। हिन्दी सिनेमाको हर कालमा यस्ता फिल्म निर्माण हुँदै आएको उनको तर्क छ। जयप्रकाश चौकसीले यस्तै बायोपिक बनाउँदै गरेको एक घटना सुनाए। दिलिप कुमार सन्त तुलसीदासको बायोपिक गर्ने तयारीमा थिए।
फिल्म निर्देशक महेश कौल तुलसीदासको जीवनमा आधारित फिल्म बनाउने तयारीमा लागे। उनले उक्त फिल्मका लागि अमृतलाल नागरको कथा लेख्ने जिम्मेवारी दिए। किनकि तुलसी साहित्यको बारेमा उनी जानकार थिए।
नागर छ महिना महेश कौलका साथ रहेर तयारी गरे। स्क्रिप्ट लेख्नका लागि बनारस गए तर त्यहीं महेश कौलको मृत्यु भयो। यसपछि नागरले उक्त फिल्मको स्क्रिप्टलाई उपन्यासमा बदले। ‘मानसका हंस’ नामक उपन्यास लेखे जुन तुलसीदासको जीवनीमा आधारित थियो। पछि जिएन शाहले यसमा फिल्म बनाउन चाहेका थिए। दिलिपकुमारलाई नै यो भूमिका निभाउन उनले प्रस्ताब पनि गरेका थिए। दिलिप कुमारलाई पनि यो कथा मन परेको थियो र फिल्ममा काम गर्ने तयार भएका थिए। फिल्मको तयारी पनि भएको थियो तर ४१ वर्षको उमेरमा हर्ट अट्याकबाट निर्देशक जिएन शाहको मृत्यु भयो।
उनको मृत्युसंगै यो फिल्म पुन अधुरो रह्यो। यो घटनापछि फिल्मका इन्चार्ज दिलिपकुमारसँग भेट्न जाँदा उनले उक्त फिल्म खेल्न अस्वीकार गरे। 'केही ट्रेन्ड बस्ने छ भन्ने हैन कुनै समय धेरै र कुनै समयमा कम हुने मात्र भएको उनको तर्क छ,'जयप्रकाश चौकसीक तर्क छ।
बायोपिक फिल्म र हस्ती
बायोपिक र वास्तविकतामा आधारित फिल्म खेलेर कयौं कलाकार चर्चाको शिखरमा पुगे। डर्टी पिक्चर पहिलो महिला प्रधान चलचित्र बन्यो जसले सय करोड कमाउन बलिवडमा सफल भयो। यस फिल्मबाट विद्या बालनलाई थप स्टार पनि बनायो।
सञ्जयबाट रणवीर कपुरको धरापमा परेको क्यारियर पुन उचाइमा पुर्यायो। एमएस धोनीबाट सुशान्त सिंह राजपुतलाई नयाँ स्टारडम दियो। उरी-द सर्जिकल स्ट्राइकबाट विकी कौशलले नयाँ स्टारको रुपमा स्थान बनाए। केतन मेहता यस्ता बायोपिकमा खेल्दा कलाकारलाई उसभित्र रहेको कलाकार विकसित गराउने बताए। मिलन लुथरिया बक्स अफिस र अभियान मनपराइएपछि सफलता मिल्ने बताउँछन्।
आउँदै गरेका केही बायोपिक
१.८३ : भारतको पहिलो वर्ल्डकप जितेका कप्तान कपिल देवको भूमिकामा रणविर सिंह
२. छपाक : एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको भूमिकामा दिपिका पादुकोण
३. गुन्जन सक्सेना : कारगिल गर्लको नामले चर्चित भारतीय पहिलो महिला एयरफोर्स पाइलटको कथामा आधारित
४. बालकोट :पाइलट अभिनन्दन वर्धमानको कथामा आधारित फिल्म
५.शेरशाह : कारगील युद्धमा आधारित भारतीय विक्रम बन्नाको जीवनीमा आधारित
६. सायना नेहवाल :यो दुई वर्ष घोषणा भएको थियो।
७. मानेकसा : फिल्ड मार्शल सैम मनेकाशाको जीवनीमा आधारित
८. ओशोकी गुरु मा आनन्द शीलाको बायोपिकमा आधारित
९. मिथाली राज: किक्रेटर मिथिला राजको बायोपिकमा आधारित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।