काठमाडौं- सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी निवास भने छोडेका छैनन्।
महरा बालुवाटारस्थित सरकारी निवासमै रहेको बताइएको छ।
महराका प्रेस संयोजक डिल्ली मल्लले सरकारी निवासमै रहेको जानकारी दिए।
यौन दुराचारको आरोप लागेपछि महराले मंगलबार राजीनामा दिएका थिए।
सर्तसहितको राजीनामा दिएकोमा विरोध भएपछि महराले ‘गोप्य’ रुपमा बुधबार पुनः अर्को राजीनामा पत्र बुझाएका थिए।
उपसभामुख शिवमाया तुम्बाहाङ्म्फेले महराको राजीनामा अस्वीकृत गरेपछि उनले भाषा सच्चाएर दोश्रो राजीनामा दिएका थिए।
सत्तारुढ दल नेकपाको सचिवालय बैठकले सांसद पदबाट समेत राजीनामा गर्न दिएको सुझावलाई महराले अटेर गरेका छन्।
सोमबार बसेको सचिवालय बैठकले सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दिएको थियो।
उनका प्रेस संयोजक मल्लले भने, ‘सचिवालय बैठकबाट सांसदबाट पनि राजीनामा दिने कुरा आएको सुनिएको हो। प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने बारेमा केही सोचिएको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।