जनकपर- विजयादशमीका लागि शक्तिपीठ पनि नवदुलहीझैं सिँगार्ने गरिन्छ। तर यो प्रवत्ति तराईका जिल्लामा बढी देखिन्छ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा यतिखेर दसैंको रौनक थपेको छ सिँगारिएका देवी मन्दिरले।
जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलगायत एक दर्जनभन्दा बढी स्थानमा शक्ति स्वरुपा दुर्गाको भव्य मूर्ति निर्माण गरी श्रद्धा तथा उल्लास पूर्वक दुर्गापूजा मनाइँदैछ।
प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई बेहुलीझैँ सजाइएको छ भने प्रतिमा स्थापना गरी पूजा गरिने स्थानहरुमा भव्य पण्डालको व्यवस्था गरिएको छ।
जनकपुरमा दसैंलाई भव्यता प्रदान गर्न आयोजकहरुले लाखौं खर्च गरेका छन्।
राजा जनकका कूलदेवता मानिने राजदेवी मन्दिरमा फूलैफूलको गेट बनाई झिलिमिली बत्ती जडान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।