काठमाडौं- अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिषा (इडिभी)का लागि आवेदन फारम खुलेको छ। बुधबार राति १२ बजेबाट सन् २०२१ का लागि इडिभीको आदेवन खुलेको हो।
इडिभीको फारम नोभेम्बर ५ अर्थात आउँदो कात्तिक १९ गते राति १२ बजेबाट बन्द हुनेछ। अघिल्ला वर्षहरुमा जस्तो यस वर्ष बिना पासपोर्ट डिभी भर्न पाइने छैन। डिभी फारम भर्दा पासपोर्ट नम्बर अनिवार्य हुनेपर्ने उल्लेख गरिएको छ।
आवेदन फारम भर्न कुनै शुल्क नलाग्ने र आफैं भर्न सकिनेछ। फारम भरिसकेपछि कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्ने हुन्छ। पछि नतिजा आएपछि कन्फर्मेसन नम्बरकै आधारमा इडिभीको नतिजा हेर्न सकिनेछ।
विभिन्न देशबाट गरेर ५५ हजार व्यक्तिले डिभी चिट्ठामार्फत अमेरिकी भिषा पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।