जनकपुर- महोत्तरीको सदरमुकाम जलेश्वरमा मंगलबार साँझदेखि एउटा बौलाहा कुकुरले आतंक मच्चाएको छ।
बौलाहा कुकुरले टोकेर अहिले ५० भन्दा बढीलाई व्यक्तिलाइ घाइते बनाएको बताइएको छ।
कुकुरको टोकाइबाट घाइते भएकाहरुको उपचार अहिले जिल्ला अस्पताल महोत्तरी जलेश्वरमा भइरहेको छ।
मनरा सिस्वा नगरपालिकाबाट मानिसलाई टोक्न सुरु गरेको कुकुरले एकडारा गाउँपालिका र जलेश्वर नगरपालिका विभिन्न स्थानका ५० जनाभन्दा बढीलाई टोकेर घाइते बनाएको अस्पतालले जनाएको छ।
कुकुरले शरीरका विभिन्न भागमा टोकेका अधिकांश घाइतेलाई तत्काल 'एआरभी' र 'इम्युनोग्लोवलिन इन्जेक्सन' नभएपछि जनकपुर तथा अन्यत्र उपचारमा पठाएको जिल्ला अस्पताल जलेश्वरले जानकारी दिएको छ।
कतिजनालाई टोकेको छ भन्ने यकिन तथ्यांक अहिलेसम्म नआएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।
उनले कुकुरलाई गोली हान्न निर्देशन दिइसकेको बताए।
रातीको समय भएकोले बौलाहा कुकुर खोज्न निकै समस्या भएको र यसमा स्थानीयबासिन्दाले सहयोग गर्नु पर्ने उपरीक्षक अधिकारीको भनाई छ।
यता जलेश्वर अस्पतालका डा मृत्युञ्जय ठाकुरले केही बिरामीको घाँटीमा कुकुरले टोकेकाले तत्काल भ्याक्सिन लगाउनुपर्ने भए पनि भ्याक्सिन उपलब्ध नरहेको बताए।
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।