काठमाडौं- नेपाललाई 'खुला दिसामुक्त राष्ट्र' घोषणा गरिएको छ।
काठमाडौंको सभागृहमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्।
घोषणासँगै नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली राष्ट्र बनेको छ।
सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएकाले राष्ट्रिय उत्सवकै रुपमा मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको खानेपानी मन्त्रालयले जनाएको छ।
सरकारले सन् २०११ बाट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो। यस अभियानले शून्य अनुदानमा घरघरमा शौचालय बनाउने कामलाई कार्यान्वयनमा ल्याएको थियो। सोही अभियानअन्तर्गत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।