ललितपुर- गोदावरी नगरपालिकाको लेले डाँडामा २ रात ३ दिन लामो सांगीतिक महोत्सव हुने भएको छ। अन्य देशहरूमा लोकप्रिय यस्तो महोत्वस नेपालमा पहिलफ पटक हुन लागेको आयोजकले जनाएको छ।
स्पार्क म्यूजिक एकेडेमीले आयोजना गर्ने महोत्सवमा ४० भन्दा बढी डिजेहरूले प्रस्तुति दिनेछन्। महोत्सवका सहभागीहरूलाई डाँडामै टेन्ट र स्लिपिङ ब्याग उपलब्ध गराएर सुत्ने प्रबन्ध मिलाइनेछ।
महोत्सवमा सहभागीलाई सेवा दिन फुड एण्ड ड्रिंक्स स्टलहरू पनि हुनेछन्। नेपालमै पहिलो पटक आयोजना गरिएको महोत्सवका दौरान फायर वर्क, लाइट वर्क र ननस्टप म्युजिक लगायतका इभेन्ट हुनेछन्।
महोत्सव असोज शुक्रबारदेखि सञ्चालित प्रस्तुति आइतबारसम्म चल्नेछ। रातभरि सांगितिक प्रस्तुति निरन्तर रहने र अधिकाशं सहभागीहरू नसुतेरै सांगितिक कार्यक्रममा सहभागी हुने आयोजकतर्फका रिश्वत दाहालले बाए।
अहिलेसम्म १५ सय बढीले सहभागिता निधो गरिसकेका छन् ।
महोत्सवमा सहभागि हुन १५ सय टिकट शुल्क तोकिएको छ। टेन्टमा सुत्न चाहनेले प्रतिरात १ हजार रुपैयाँ तिर्नुपर्नेछ भने महोत्सवस्थलमा फुडस्टलसहित खानेपानी, शौचालय, सुरक्षाकर्मी र एम्बुलेन्सको समेत प्रबन्ध गरिएको छ।
महोत्सवमा १० जना भारतीय डिजेहरुपनि उपस्थित हुनेछन्। विकेण्ड मनाउन चाहने संगीतप्रेमीका लागि यो महोत्सव उपयुक्त हुने दाहालले बताए। आयोजक स्पार्क म्युजिक एकेडेमीले पहिलो संस्करण सफलता उन्मुख रहेको भन्दै हरेक वर्ष महोत्सव आयोजना गर्ने जनाएको छ। गायकहरूका लागि नेपालमा धेरै सांगितिक कार्यक्रमह हुने गरेको भएपनि डिजेहरूका लागि यो एकमात्रै अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हुने आयोजकको दाबी छ।
सहभागिका लागि आयोजकले लगनखेल ललितपुर मलबाट फरक फरक समयमा गाडीको व्यवस्था समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।