काठमाडौं- दसैंलक्षित गीत ‘दसैं मेला’ बजारमा आएको छ।
हिन्दू नेपालीहरूको विशेष पर्व दसैं आएपछि गाउँघर देखिने खुसियालीलाई गीतमा प्रस्तुत गर्न खोजिएको छ। लोक राईको शब्द तथा संगीत रहेको गीतमा रमेश र कृष्ण रिसालको आवाज रहेको छ।
गीतको म्युजिक भिडियोमा कलाकार निरु खड्का, ज्ञानेन्द्र खड्का र विक्रम रसाइलीको अभिनय रहेको छ। गीतलाई रमेशलेनै निर्देशन गरेका हुन् भने योगेश दाहालले भिडियो खिचेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।