काठमाडौं- नेपाली कांग्रेस र तत्कालीन विजयकुमार गच्छादार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीचको एकता प्रक्रिया टुंगो लागेको छ। जसअनुसार फोरमका ११ जना नेतालाई नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।
कांग्रेस उपसभापति विमलेन्द्र निधीको संयोजकत्वमा तत्कालीन फोरमको सांगठनिक संरचनाको समायोजनको कार्य सम्पन्न गरी केन्द्रीय कार्यसमिति समक्ष प्रस्ताव पेस गर्न गठित समितिको प्रस्तावअनुसार फोरमतर्फका ११ जनालाई कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित गरिएको हो।
कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ कार्तिक २० गतेको बैठकले पार्टी उपसभापति निधि संयोजकत्वमा उपसभापति गच्छदार, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु महेश आचार्य र दिपक गिरी सदस्य रहनेगरी समायोजन समितिको गठन गरेको थियो।
सोही समितिले पेस गरेको प्रतिवेदनलाई आज बसेको केन्द्रीय समितिको बैठकमा पेस गरिएकोमा सर्वसम्मतले पारित गरिएको हो। किस्ताबन्दीमा समायोजन गरिएको भन्दै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलाले आपत्ति जनाएका थिए।
नेताहरु बीचमा सहमति जुट्न नसकेपछि दिउँसो ३ बजे बोलाइएको बैठक साँझ ७ बजे मात्रै बसेको थियो।
बैठकमा नेताहरु पौडेल र सिटौलासँगै महेश आचार्य, एनपी साउद, भीष्मराज आङ्दम्वे, देवेन्द्रराज कँडेलले आ–आफ्नो धारणा राखेका थिए।
२०७५ मंसिर २८ देखि पुस ८ सम्म काठमाडौंमा बसेको कांग्रेस महासमितिको बैठकमा सभापति शेरबहादुर देउवालाई तत्कालीन फोरमका अध्यक्ष गच्छदारले पार्टी समायोजन र एकीकरणको प्रस्ताव पेस गरेका थिए। सोअन्तर्गत गच्छदारलाई कांग्रेस उपसभापति र अन्य २ सय जनालाई कांग्रेसको महासमिति सदस्य (१ सय ४८ जना पर्यवेक्षकसहित) स्वीकार गरी अनुृमोदनसमेत गरेको थियो।
सोअनुसार बाँकी समायोजनका लागि आज पेस भई निर्णय भएको प्रस्ताव यस्तो छ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।