काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः
१) अदालतबाट भएका फैसलाहरुमाथि टिप्पणी नगर्न प्रधानन्यायाधीश राणाले गराए सचेत, सक्षम र सुदृढ न्यायपालिकाको स्थापनामा सहयोग नपुग्ने भनाइ।
२) ललितपुरको पुल्चोकमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने सरकारको तयारी, समग्र जिल्लालाई नै आधुनिक सहरको रुपमा विकास गर्ने चाहना।
३) स्वदेशी उत्पादन वृद्धिका लागि सरकारले आवश्यक वातावरण बनाइदिने मन्त्री यादवको प्रतिवद्धता, सबै खालको सहजीकरण गरेर अघि बढ्न सरकार तयार रहेको भनाइ।
४) नेपाल क्रिकेट संघको विशेष साधारणसभा शुक्रबारबाट काठमाडौंमा सुरु, नयाँ नेतृत्वपश्चात् आइसिसीको निलम्बन फुकुवा हुने सम्भावना।
५) शरणार्थीहरूको संख्यामा कटौती गर्ने अमेरिकी सरकारको घोषणा, आउँदो वर्ष बढीमा १८ हजार शरणार्थीलाई मात्रै पुनस्र्थापना गरिने।
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।