काठमाडौं– निर्वाचन आयोगले मंसिर १४ गते हुने उपचुनावका लागि निर्वाचन चिह्न सार्वजनिक गरेको छ।
आयोगको असोज ८ गते बसेको बैठकले निर्वाचनमा भाग लिन दल दर्ता गरेका २१ दलका लागि चुनाव चिह्न प्रदान गरेको हो। उसले नयाँ दलका लागि चुनाव चिह्न लिनुपर्ने सूचना जारी गरेको थियो।
एमाले र माओवादी केन्द्रबीच एकता गरी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बनेपछि सो पार्टी पनि दर्ता गरिएको थियो। उसले सूर्य चिह्न पाएको छ।
समाजवादी पार्टीले पाँच औंलासहितको हत्केला चिह्न पाएको छ।
गोपाल किराँतीले पुन दर्ता गराएको माओवादी केन्द्रले आफ्नो पुरानै चिह्न अर्थात् गोलाकारभित्रको हँसिया हथौडा पाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)ले साँढे गोरु, मंगोल नेशनल अर्गनाइजेसनले कुखुराको भाले, आमुल परिवर्तन मसिहा पार्टीले हृदय, जनमत पार्टी (जपा)ले लाउड स्पिकर चुनाव चिह्न पाएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।