काठमाडौं– चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण असोज अन्तिम साता हुने चर्चा चलिरहेका बेलामा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भने भ्रमणको मिति तय नभएको बताएका छन्।
मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले आफूहरु सिको भ्रमणको तीव्र प्रतीक्षामा रहेको बताए।
'मिति तय भएको पनि छैन', उनले भने, 'उताबाट पनि हामीलाई कुनै जानकारी पनि आएको छैन। जुन दिन जानकारी प्राप्त हुन्छ, त्यही दिन हामी थाहा पाइहाल्छौं।'
उनले भ्रमण मिति समयक्रममा खुल्दै जाने बताए। उनले सिलाई आगमनदेखि बिदाइसम्मको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेगरी तयारी गरिने बताए।
'विकसित हुँदै गइरहेको मुलुक, जो हाम्रो छिमेकी छ, उसका आर्थिक सामाजिक उपलब्धीहरुबाट लाभको सेयर गर्न चाहन्छौं', उनले भने।
उनले यस प्रकारका भ्रमणहरुलाई उच्च महत्त्व दिने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।