दाङ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तको अझै टुंगो नलागेको बताएका छन्।
दाङमा भएको एक कार्यक्रममा बोल्दै नेता पौडेलले स्थापनाकालदेखि नै नेपालका कम्युनिष्टमा सिद्धान्तमा स्पष्टता नदेखिएको आरोप लगाए।
नेता पौडेलले मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ, जनताको बहुदलीय जनवाद भन्दै आएका कम्युनिष्टहरु सी पथको परीक्षणमा लागेको आरोप लगाए।
समाजवाद उन्मुख राज्यको परिभाषा दिदैं हिडेका कम्युनिष्टलाई नेपालको समाजवादबारे जानकारी नै नभएको दाबी गरे। पौडेलले भने, ‘समाजवाद उन्मुख राज्य भन्दै हिँडेका छन् कम्युनिष्टहरु, तर नेपालको समाजवाद के हो भन्नै सक्दैनन्।’
हत्या, बलत्कार, हिंसा भ्रष्टाचार कम्युनिष्टले जनतालाई दिएको उपहार भएको उनले आरोप लगाए। ठूला आयोजना कम्युनिष्टहरुले कमिसनका कारण ओझेल परेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।