बर्मा- महाशिवरात्रिको अववसरमा बर्मा(म्यानमार)को लासियोस्थित शंखाइ शिव धाममा हिन्दु धर्मावलम्बीहरुको घुइँचो लागेको छ। भगवान शिवजीको प्रख्यात मन्दिरकोरुपमा परिचित शंखाइ शिव धाममा पुजाअर्चना तथा स्नान गर्न नेपाल, भारत, बर्मा, थाईल्याडबाट पनि भक्तजनहरु आएका छन्।
सयौँ भत्तजनको उपस्थित रहेको महाशिवरात्रि मेलामा यसै वर्ष ५० फिट अग्लो शिव मुर्ति प्रतिस्थापन गरिएको छ। हरेक वर्ष शिवरात्रिका दिन हिन्दु र बौद्द धर्मावलम्बीहरु शिव पुजनका लागि यहाँ आउने गर्दछन्।

थाइ नेपाली संघका अध्यक्ष कुमार कार्की र उनको परिवारको अग्रसरतामा पछिल्लो एक वर्षमा सो शिव मुर्ति निर्माण गरिएको हो। सो शिव मुर्ति निर्माण करिव १५ करोड रूपैयाँ लगानी भएको छ।
वर्षौँ पहिले नेपालबाट आएका नेपालीभाषी बर्मेलीहरूले पनि शंखाइ शिव धामलाई आस्थाको केन्द्रको रुपमा लिने गरेका छन्। साथै बौद्द धर्मावलम्बीहरुले समेत यसलाई तिर्थको रुपमा लिने गरेका छन्।
शिवरात्रीका अवसरमा बर्माका लागि नेपाली राजदुत भिम उदास समेत आज सो धाम दर्शन गर्न पुगेका थिए।
केहि दिन अघि मात्रै बर्मा पुगेका नेपाली चर्चीत गायकद्वय आन्नद कार्की र इन्दिरा जोशीले पनि शिवरात्रिकै अवसरमा आयोजीत विशेष संस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिएका थिए।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।