फोटो क्याप्सन : अमेरिकी राष्ट्रपतिले आयोजना गरेको स्वागत भोजमा भएको संक्षिप्त भेटपछि ट्रम्प र ज्ञवाली दम्पति। तस्बिर: राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग
काठमाडौं- संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच संक्षिप्त भेटवार्ता भएको छ।
राष्ट्र संघको ७४ औं महासभामा भाग लिन गएका विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार साँझ दिएको रिसेप्सन (स्वागत भोज)मा उनीहरुबीच भेट भएको हो।
न्यूर्योकस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले ट्रम्प र ज्ञवालीबीच निकै संक्षिप्त भेट भएको उल्लेख गरेको छ।
अमेरिकी राष्ट्रपतिले महासभामा भाग लिन आएका राष्ट्र र सरकार प्रमुखलाई स्वागत भोज दिँदै उनीहरुसँग संक्षिप्त कुराकानी गरेर फोटो खिचाउने गर्छन्।
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यसपाली मन्ज्ञी ज्ञवालीले महासभामा भाग लिएका छन्। नेपाली प्रतिनिधिको हैसियतले मन्ज्ञी ज्ञवाली ट्रम्पले आयोजना गरेको स्वागत भोजमा सहभागि भएका थिए।
नेपाली टोलीको नेतृत्व गर्दै ४ आसोजमा अमेरिका गएका मन्त्री ज्ञावालीले श्रीमति सरस्वती ज्ञवालीसहित अमेरिकी राष्ट्रपति ट्रम्प र उनी श्रीमति मेलाइना ट्रम्पसँग सामूहिक तस्बिर खिचाएका छन्।
मन्ज्ञी ज्ञवालीले मंगलबारै सुरु भएको महासभाको महाबहस सत्रमा भाग लिएका थिए। उनले महासभालाई १३ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ।
विभिन्न बहसका सत्रहरुमा सहभागिता जनाउँदै मन्त्री ज्ञवाली १४ असोजमा स्वदेश फर्किने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।