काठमाडौं- बलिउड अभिनेत्री प्रियंका चोपडा लामो समयदेखि बलिउडबाट टाढा थिइन्। जब उनले हिन्दी फिल्ममा पुन: खेल्ने निर्णय गरिन् तब उनले सलमान खानको फिल्म 'भारत'लाई चुनिन्।
सलमान र प्रियंका फिल्म 'भारत'मा लिड रोलमा खेल्ने वालामा थिए र फिल्म मेकर्सले लिड स्टार कास्टको घोषणासमेत गरिसकेका थिए। जब सबैलाई प्रियंका भारतबाट हिन्दी सिनेमामा फर्किने छिन् भन्ने थाहा भइसकेको थियो, तब प्रियंका चोपडाले यू-टर्न लिइन्।
फिल्मको निर्माता–निर्देशक र सुपरस्टार सलमान लगायत सबैको यस कुराले धक्का लाग्यो।
निर्माताले भने, 'प्रियंकाले मलाई यसबारे जानकारी दिन आवश्यक ठानिनन्।' सलमान खानले भने कि उनले प्रियंकालाई भनेका थिए, 'यदि बिहे गर्नु छ त फिल्मको मितिलाई अगाडि बढाउँछौं।'
तर प्रियंकाले मानिनन्।
अन्ततः निर्माताहरूले क्याटरिना कैफलाई फिल्मको लिडिङ महिला कास्टको लागि घोषणा गरे।
फिल्म 'प्रमोसन'को क्रममा सलमान खानले प्रियांकालाई व्यंग्य गर्दै बोले तर प्रियंका चोपडाले यसलाई सामान्य रुपमा लिइन्।
एक कार्यक्रममा सलमान खानले भनेका थिए- धन्यवाद, प्रियंकाले यो फिल्म छोडेकोमा। किनकि यो फिल्म क्याटरीनालाई दिइएको छ र यो एकदम हिट भएको छ।
बलिउड सञ्चारमाध्यमसँगको कुराकानीमा प्रियंकाले बोलिन्, 'म यतिमात्र बोल्न चाहन्छु कि यदि मैले यसमा कुनै प्रतिकृया दिएको थिएँ त म चुकी सक्थेँ। सलमान कमालका एक्टर हुन्। मैले सधैं उनको तारिफ गरेँ। उनी मेरो र निकको स्वागतमा आएका थिए। हामी उनको घर गएका थियौं। म उनको बहिनीसँग निधै नजिक छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।