काठमाडौं- आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन गइरहेको एनआरएनए आइसिसीको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए युरोप संयोजक तथा बेल्जियमका लागि पर्यटन बोर्डका मानार्थ पर्यटन दूतसमेत रहेका शिवकुमार बरुवालले सचिव पदमा उम्मेद्बारी दिने भएका छन्।
उनले युरोप संयोजकको हैसियतमा २ वर्ष कार्यकाल बिताइसकेका छन्।
नेपालको समृद्धिमा एनआरएनलाई अझ बलियो सहयात्रीका रूपमा स्थापित गर्न आफूले एनआरएनको सचिव पदमा उम्मेद्वारी दिन लागेको उनले बताए।
सन् २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य रहेका बरूवाल २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव भइसकेका छन्।
यसैगरी, २०११–२०१३ मा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य रहेका बरुवाल २०१७-२०१९ मा एनआरएनए युरोप संयोजकमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।