काठमाडौं- तेलुगु हास्य कलाकार वेणु माधवको ३९ वर्षको उमेरमा निधन भएको छ। उनको हैदरावादको हस्पिटलमा उपचारको क्रममा निधन भएको हो। उनी लिभर र किड्नीको विमारी थिए। उनको स्वास्थ्यमा धेरै समस्या आएपछि मंगलबार हस्पिटलमा भर्ना गरिएको थियो।
मिडिया परामर्शदाता वम्शी काकाले ट्वीट गर्दै भने, 'अभिनेता भेणु माधव अब हामीसँग छैनन्।'
डाक्टरका अनुसार भेनुको बुधबार दिउँसो १२:२० बजे निधन भएको थियो। वेणुका फ्यानहरूले उनलाई सोसल मिडियामा श्रद्धाञ्जलि दिइरहेका छन्।
वेणुले मिमिक्री कलाकारको रूपमा आफ्नो करिअर सुरू गरेका थिए। पछि उनी एक हास्य कलाकारको रूपमा चलचित्रमा आए। उनले तमिल र तेलुगुमा करिब २ सय चलचित्रहरूमा अभिनय गरेका छन्।
उनको अन्तिम फिल्म डा 'परमानान्दास स्टुडेन्ट' २०१६ मा सुटिङ भएको थियो।फिल्म अहिलेसम्म रिलिज भएको छैन। पछिल्लो समय वेणुले राजनीतिमा पनि रूचि देखाएका थिए।
वेणुको जन्म आन्ध्र प्रदेश नलगोंडा जिलेको कोडाडमा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।