काठमाडौं– वालुवाटरमा प्रहरीले सोधपुछका क्रममा एक चोरलाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–३ बालुवाटार बस्ने सुनसरी धरान नगरपालिका–१५ का १९ वर्षीय हिमाल रसाइलीलाई चोरी गरेका विभिन्न कम्पनीका ल्यापटप २० थान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१० बानेश्वर थापागाँउमा शंकास्पद अबस्थामा फेला परेका हिमाललाई सोधपुछको क्रममा चोरी गरी ल्याएको ल्यापटप विभिन्न पसलहरुमा बिक्री गरेको भन्ने खुले पश्चात सो पसलहरुबाट ती ल्यापटपहरु बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।