जुम्ला– हिमपातका कारण कर्णालीमा अत्यधिक चिसो बढेर जनजीवन प्रभावित भएको छ। जुम्लाका साथै हुम्ला, डोल्पा, मुगु र कालिकोटको उच्च भेगमा भारी मात्रामा हिमपात भएको छ।
हिमपातपछि चिसोले जनजीवन प्रभावित भए पनि किसान भने हर्षित छन्। लामो समयदेखि वर्षा र हिमपात नहुँदा खेतबारीमा लगाइएको अन्नपात सुक्न थालेपछि चिन्तित बनेका किसान ढिलै भए पनि हिमपात हुँदा राहत मिलेको बताउँछन्।
कर्णालीमा सामान्यतया मंसिरको अन्तिम साता हिउँ पर्ने भए पनि यसपाली ढिलोगरी हिमपात र वर्षा भएको हो। हिउँदे बाली र स्याउ लगायतका फलफूलका विरुवालाई सिंचाइमा सहज हुने भन्दै किसान खुसी भएका हुन्।
जुम्ला सदरमुकाम खलंगाको हिमपात:



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।