काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले नागार्जुनबाट २ जनालाई पक्राउ गरेको छ। ४० लाख रुपैयाँमा बुद्धको मुर्ती बेच्न लागेको आरोपमा सिआईबीले काभ्रेका आकाश कार्की र सिन्धुपाल्चोकका शेरप लामालाई पक्राउ गरेको हो।
उनीहरुबाट ४ वटा बुद्धको मुर्ती फेला परेको सिआईबीका एसपी जीवन कुमार श्रेष्ठले बताए। नागार्जुनको रानीपाटीबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। बरामद मुर्ती ४ किलो ८ ग्रामको छ।
बरामद मुर्ती परातात्विक महत्वको भएकलो उनीहरुउपर प्राचीन स्मारक ऐनअनुसार कारबाही गरिने सिआईबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।